हङकङको काउलुनस्थित एक अपार्टमेन्टमा दुई पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
काउलुनको साउमाउ पिङस्थित साउवाइ हाउसको एक फ्ल्याटमा उनीहरू मृत भेटिएका हुन्।
उनीहरूको केही दिन पहिले मृत्यु भएको आशंका गरिएको छ।
शुक्रबार दिउँसो अपार्टमेन्टमा गस्ती गरिरहेकी एक सुरक्षा गार्डले माथिल्लो तलामा फ्ल्याटभित्रबाट तीखो गन्ध आएको भन्दै प्रहरीलाई खबर गरेकी थिइन्।
सूचना पाएलगत्तै आएका अग्निनियन्त्रकहरूले अपार्टमेन्टको ढोका फोरी भित्र पस्दा दुई जना मानिस भुइँमा लडिरहेको अवस्थामा भेट्टाएका थिए।
प्रहरीका अनुसार उनीहरूको शरीर गलिसकेको अवस्थामा छ।
उक्त क्षेत्रलाई घेराबन्दी गरेर राखिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतक दुई जना एउटै अपार्टमेन्टमा बस्ने दाजुभाइ रहेको बुझिएको छ।
339
Shares
प्रतिक्रिया