हङकङ : बस क्याप्टेनलाई कुट्ने प्रहरीलाई अदालत हाजिर गराइयो

हङकङ : बस क्याप्टेनलाई कुट्ने प्रहरीलाई अदालत हाजिर गराइयो

दुर्व्यवहारको आरोप लागेका लाउ हिउ–चेङ। तस्बिर : द स्ट्याण्डर्ड


नेपालखबर
असोज ३, २०८० बुधबार २०:२१, हङकङ

हराएको मोबाइल नखोजिदिएको निहुँमा बस क्याप्टेनलाई कुटेको आरोपमा हङकङमा एक जनालाई अदालतमा हाजिर गराइएको छ।

आफूलाई प्रहरी बताउने ४८ वर्षीय उक्त व्यक्तिले गत जनवरीमा आफ्नो मोबाइल नखोजिदिएको भन्दै मुक्का र लात हानेको आरोप लागेको हो।

हाल सेवाबाट निलम्बित रहेका लाउ हिउ–चेङले सुरुमा यो आरोप अस्वीकार गरे पनि बुधबार अदालतसमक्ष हाजिर भएका छन्।

पीडित भनिएका क्वोक नामक बसका क्याप्टेनले आफूलाई उक्त दुर्व्यवहार सिउसाइ वानको सार्वजनिक यातायात टर्मिनसमा भएको बताए।

क्वोकका अनुसार उनी टर्मिनसको ब्रेक कोठाबाट निस्कँदै गर्दै एक व्यक्तिले आफूलाई पछ्याएको तथा आफ्नो सेल फोन बसमा हराएकोले खोजिदिन भनेका थिए।

त्यसपछि उनले आफ्नो सिफ्ट सुरु हुन लागेकोले सहयोग गर्न नसक्ने बताएका थिए।

तर आक्रोशित बनेका उक्त व्यक्तिले आफू प्रहरी भएको बताउँदै उनलाई तानेर पुनः ब्रेक कोठामा ल्याए र आफ्नो माग पुनः दोहोर्‍याए।

क्वोकले प्रहरीलाई खबर गर्न खोजे पनि ती व्यक्तिले उनको फोन खोसे र उनलाई मुक्का तथा लात हान्न थाले।

यस मुद्दासम्बन्धी सुनुवाइ अझै जारी छ। भोलि (बिहीबार) पनि यसबारेमा सुनुवाइ हुने बताइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .