बुधबार बिहान हङकङको क्वाइचुङस्थित एक व्यक्ति आफ्नै साथीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन्।
१० हजार हङकङ डलरको विषयमा विवाद पर्दा उनले मासु काट्ने चक्कुको प्रयोग गरी आफ्नै साथीको हत्या गरेको प्रहरीले बताएको छ।
द स्ट्याण्डर्डका अनुसार क्वाइफोङ स्टेटस्थित क्वाइहेइ हाउसको एक फ्ल्याटमा बुधबार बिहान करिब ३ बजे उक्त घटना घटेको हो।
घटनाको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले उनलाई भवनको लबीबाट पक्राउ गरेको छ।
प्रहरी पुग्दा घाइते अवस्थामा रहेका पीडितलाई बेहोस अवस्थामा अस्पताल पुर्याइएको थियो।
पीडित व्यक्ति आफ्नी प्रेमिकाको साथमा उक्त साथीसँग पैसाको कुरा गर्न उनको फ्ल्याटमा पुगेका थिए।
उनीहरू पुगेपछि विवाद बढ्दै गयो र ती व्यक्तिले चक्कु निकाली प्रहार गरे।
झगडिया दुई पुरुषका प्रेमिकाले प्रहरीलाई अनुसन्धानमा सघाएका थिए।
513
Shares
प्रतिक्रिया