हङकङमा आइतबार राति लुटपाट गर्ने समूहका एक जना पक्राउ

हङकङमा आइतबार राति लुटपाट गर्ने समूहका एक जना पक्राउ

तस्बिरहरू : द स्ट्याण्डर्ड


नेपालखबर
असोज १, २०८० सोमबार १४:२०, हङकङ

हङकङमा आइतबार राति लुटपाट मच्चाउने समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार राति १० बजे जोर्डन रोड र फेरी स्ट्रिटको जक्सनमा १० जनाभन्दा बढीको एक समूहले लुटपाट मच्चाएका थिए।

उनीहरूले दुई जना व्यक्तिलाई मुक्का र धातुको पाइपद्वारा आक्रमण गरी हङकङ डलर २५ हजार लुटेर भागेका थिए।

दुई वटा सेडानमा आएका उनीहरू आक्रमण पश्चात् याउमा तेइ र चिमसा चोइतर्फ भागेका थिए।

भाग्ने क्रममा एउटा सेडानले आफ्नो नियन्त्रण गुमाउन पुग्दा सुस्त गतिमा गुडिरहेको कारलाई ठक्कर दिएको थियो।

लुटेराहरूको आक्रमणबाट घाइते दुई जनालाई वोङवाह अस्पताल र प्रिन्सेस मार्गरेट अस्पताल लगिएको थियो। उनीहरूलाई टाउको र ढाडमा चोट लागेको छ।

घाइतेमध्येकी महिलाले ढाडमा निकै दुखेको गुनासो गरेकी थिइन्।

प्रहरीले लुटेरा समूहका अन्य सदस्यको खोजी कार्य जारी राखेको जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .