हङकङमा क्रेन लरी–बस दुर्घटना (अपडेट) : घाइतेको संख्या ४३ पुग्यो

हङकङमा क्रेन लरी–बस दुर्घटना (अपडेट) : घाइतेको संख्या ४३ पुग्यो

तस्बिर : ह्यान्डआउट


नेपालखबर
भदौ ३१, २०८० आइतबार १९:६, हङकङ

हङकङको चुनमुनमा क्रेन लरीसँग बस ठोकिँदा भएको दुर्घटनाका घाइते ४३ जना पुगेका छन्।

आइतबार दिउँसो करिब १ बजे भएको दुर्घटनामा चालकसहित ४३ जना घाइते भएका हुन्।

घाइते हुनेहरू १९ देखि ८८ वर्ष उमेर समूहका छन्। जसमा १६ महिला र २७ पुरुष छन्।

दुर्घटनामा गम्भीर घाइते भएका चालकलाई अग्निनियन्त्रकहरूले उद्धार गरी अस्पताल पठाएका थिए। दुर्घटनापश्चात् धेरै यात्रु बसबाट बाहिर निस्किए तर ५७ वर्षीय चालक भने गाडीको अगाडिको भागमा अड्किएका थिए। जुन भाग लरीसँग ठोकिएको थियो। उनलाई दुर्घटना भएको करिब २० मिनेटपछि उद्धार गरिएको हो।

त्यस्तै, पछिल्लो जानकारी अनुसार अर्का एक यात्रु पनि गम्भीर छन्। टाउको र घाँटीमा गम्भीर चोट लागेका उनलाई तल्लो डेकबाट उद्धार गरिएको हो। उनको अस्पतालमा उपचार भइरहेको छ। ठक्करबाट बसको तल्लो डेकमा रहेका अधिकांश यात्रु घाइते भएका छन्।

दुर्घटनाका घाइते यात्रुहरूलाई चुनवानस्थित यानचाइ अस्पताल, चुनमुन अस्पताल र नर्थन न्यू टेरिटोरिजस्थित तिनसुइ वाइ अस्पताल लगिएको थियो।

साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङ समय दिउँसो चार बजेसम्म घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर, २६ जनाको स्थिर छ भने एक जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। बाँकी घाइतेको अवस्था जानकारी हुन सकेको छैन।

चुनमुन रोडबाट काउलुनतर्फ गइरहेको रुट नं. ५८एम केएमबीको डबल डेकोर बसले सडक किनारामा पार्किङ गरी राखिएको क्रेन लरीलाई ठक्कर दिँदा आज (आइतबार) दिउँसो उक्त दुर्घटना भएको थियो।

प्रहरीका अनुसार २७ वर्षीय चालकले क्रेनमा समस्या आएपछि सडकको एक छेउमा पार्किङ गरी मेशिन जाँच गर्दै थिए। यसको केहीबेरमै बस क्रेनमा आएर ठोकियो।

केएमबी (द काउलुन माेटर बस)ले दुर्घटनाका घाइतेहरूलाई सहयोग गर्न अस्पतालमा कर्मचारीहरू खटाएको जनाएको छ।

द स्ट्याण्डर्डका अनुसार घटनास्थलमा १३ वटा दमकल र २५ वटा एम्बुलेन्स तैनाथ छन् भने घटनास्थल रहेको चुनमुन रोड यातायात आवागमनका लागि पूर्ण रूपमा खुलिसकेको छैन।

यसका अलावा, चुनमुन जिल्ला कार्यालय, युनलङ जिल्ला कार्यालय, चुनवान जिल्ला कार्यालय, चुनवान केयर टीम र क्वाइचिङ जिल्ला कार्यालयले जनतालाई सहयोग होस् भनी हेल्प डेस्क स्थापना गरेका छन्।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .