हल्ला गरेको निहुँमा हङकङका एक दम्पतीको छिमेकीद्वारा निर्मम हत्या

हल्ला गरेको निहुँमा हङकङका एक दम्पतीको छिमेकीद्वारा निर्मम हत्या

तस्बिर : टीभीबीएस


नेपालखबर
भदौ २९, २०८० शुक्रबार ११:५२, हङकङ

शुक्रबार बिहान ताइवानस्थित काओसिङ सहरमा दर्दनाक घटना घटेको छ।

घटनामा ६३ वर्षीय वृद्धले हल्ला गरेको निहुँमा एक दम्पतीको विभत्स हत्या गरेका छन्। घटनामा ३५ र ३६ वर्षीय दम्पतीको मृत्यु भएको हो।

घटना विवरण अनुसार, शुक्रबार बिहान करिब ८ बजेतिर लो उपनाम गरेका ३६ वर्षीय पुरुष र चाइ उपनाम गरेकी उनकी ३५ वर्षीया श्रीमती आफ्ना ६ र ७ वर्षका दुई छोरालाई स्कूल पठाउने तयारी गर्दै थिए।

यही बीचमा ढोकाको घण्टी बज्यो। श्रीमती चाइ ढोका खोल्न गइन्। ढोकामा उनीहरूको छिमेकी वु क्रोधित मुद्रामा उभिएका थिए।

वु र चाइबीच भनाभन भयो। यसपछि वुले चाइलाई चक्कु प्रहार गरे। उनी बैठक कोठामा लडिन्।

हल्ला सुनेर लो पनि कोठाबाट निस्किए। तर रिसले चुर भएका वुको हिंस्रक आक्रमणबाट उनी पनि बच्न सकेनन्।

निमेषभरमै बाबुआमालाई रगताम्मै देखेका दुई छोरा आत्तिँदै भवनको तल रहेको व्यवस्थापन कार्यालयमा पुगी घटनाको जानकारी गराए।

लगत्तै प्रहरी र दमकल विभागका कर्मचारी घटनास्थलमा पुगे। उनीहरू त्यहाँ पुग्दा दम्पतीको निधन भइसकेको थियो भने आक्रमणकारी त्यहाँबाट भागिसकेको थियो।

प्रहरी स्रोतका अनुसार बैठक कोठामा लडिरहेकी चाइको पेटमा घाउ थियो भने भित्री अंगहरू बाहिर निस्किएका थिए।

त्यस्तै, छातीमा चोट भएका लो शयनकक्षमा फेला परेका थिए।

यसका अलावा चाइको देब्रे हात र लोको दाहिने हातमा चक्कुको चोट देखिन्छ। यसको अर्थ उनीहरू रक्षात्मक रूपमा प्रस्तुत हुँदा उक्त चोट लागेको हुन सक्छ।

केही हप्ताअघि पनि दम्पतीको छिमेकी वुसँग झगडा भएको बुझिएको छ। यतिवेला पनि उनीहरूको आवाजसम्बन्धी विषयमै झगडा भएको थियो।

दम्पतीको हत्या गरी भागेका वुलाई प्रहरीले घटनाको दुई घण्टापछि पिङतुङको फाङलियो क्षेत्रबाट पक्राउ गरेको छ। हाल उनी हिरासतमा छन्।

यससँगै स्थितिको विस्तृत जानकारी लागि अन्य छिमेकीहरूबाट पनि प्रहरीले जानकारी संकलन गरेको छ।

त्यस्तै, घटनाको थप अनुसन्धानका लागि वुका परिवारका सदस्यलाई प्रहरी चौकीमा उपस्थित हुन प्रहरीले भनेको छ।

हाल सेवानिवृत्त रहेका वु यसअघि गाडी मर्मतसम्भारको काम गर्थे।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .