अनधिकृत ठाउँ ओगटेको भन्दै हङकङको रेष्टुरेन्ट १४ दिन निलिम्बत, ७२०० डलर जरिवाना

अनधिकृत ठाउँ ओगटेको भन्दै हङकङको रेष्टुरेन्ट १४ दिन निलिम्बत, ७२०० डलर जरिवाना

तस्बिर : डिमसम डेली


नेपालखबर
भदौ २७, २०८० बुधबार १४:०, हङकङ

हङकङको चुनवानमा सञ्चालित एक रेष्टुरेष्टलाई खाद्य तथा पर्यावरण स्वच्छता विभागले १४ दिन निलम्बन गर्ने निर्णय गरेको छ।

चुनवानको २४ सामपेइ स्क्वायरमा अवस्थित उक्त रेष्टुरेण्ट अनधिकृत रूपमा ठाउँ ओगटेर व्यापार गरेको आरोपमा कारबाहीमा परेको हो।

भुइँ तला र ककलफ्ट ओगटेर रेष्टुरेण्ट सञ्चालन गरेको भन्दै विभागले १३ सेप्टेम्बरदेखि २६ सेप्टेम्बरसम्म सञ्चालन गर्न नपाउने गरी कारबाही गरेको हो।

रेष्टुरेण्टले फुड बिजनेस रेगुलेसन (एफबीआर) को उल्लंघन गरेको आरोप विभागको छ। यो रेष्टुरेण्टले यसअघि पनि गतवर्ष अक्टोबरमा र यसै वर्षको फेब्रुअरीमा पनि सोही कसुरमा सजाय भोगिसकेको थियो।

त्यतिवेला एक हप्ता निलम्बनका साथै दुई पटक गरी पाँच हजार पाँच सय हङकङ डलर जरिवाना तिराइएको थियो।

विभागको डिमेरिट पोइन्ट प्रणाली अन्तर्गत रेष्टुरेण्टले ३० डिमेरिट पोइन्ट प्राप्त गरेको पनि विभागले जनाएको छ।

बारम्बार एउटै प्रकृतिको कसुर गरेको भन्दै विभागले यसपटक १४ दिनका लागि सञ्चालन अनुमतिपत्र निलम्बन गरेको हो। साथै, यही कसुरमा हालसम्म यस रेष्टुरेण्टले सात हजार दुई सय हङकङ डलर जरिवाना तिरिसकेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .