हङकङलाई छोडेन बाढीको त्रासले

सोमबार बिहानको वर्षाले काउलुनका सडकमा आयो बाढी
हङकङलाई छोडेन बाढीको त्रासले

काउलुनको वुनतोङस्थित सडकमा बाढी आएपछिको अवस्था। तस्बिर : एससीएमपी


नेपालखबर
भदौ २५, २०८० सोमबार ११:५०, हङकङ

बिहीबार र शुक्रबार ब्ल्याक रेनका कारण बाढीपहिरोको चपेटामा परेको हङकङ तङ्ग्रिने प्रयास गरिरहेकै वेला सोमबार बिहान परेको भारी वर्षासँगै फेरि बाढीसँग जुध्न पुगेको छ।

वर्षाका कारण काउलुन क्षेत्रका सडकमा बाढी आएको हो। सवारी साधनहरू सडकमै अलपत्र परे भने यीसँगै यात्रुहरू र चालक पनि बाढीमा फस्न पुगे।

अब्जर्भेटरीले सोमबार बिहान पौने ९ देखि पौने १० बजेको बीचमा गरेको रेकर्डअनुसार त्यहाँ १०० मिमिभन्दा बढी वर्षा भएको छ। मौसम पूर्वानुमानकर्ताहरूले यो क्षेत्रमा अझ भारी वर्षा हुनसक्ने चेतावनी दिँदै सतर्क रहन आग्रह गरेका छन्।

काउलुनमा सोमबार बिहान सडकमा बाढी आएका कारण कैयौं सवारीसाधन फसेका थिए। एउटा घटनामा त बाढी भ्यानभित्रै छिर्दा चालक तथा यात्रुहरूको बिचल्ली भएको थियो।

पोलाम र लामतिनको बीचमा पर्ने मायाउ तोङ नामक गाउँमा भ्यानभित्रै बाढी पसेको हो। यद्यपि, घटनामा कोही पनि घाइते भएका छैनन्। यहाँ एउटा घरको पर्खाल पनि भत्किएको छ, धन्य घाइते चाहिँ कोही भएनन्।

ब्ल्याक रेनको समाप्तिसँगै हङकङ लयमा फर्कंदै थियो। मानिसहरू आफ्नो दैनिक कार्यमा फर्कंदै गरेको अवस्थामा सोमबार बिहानको घटनाले यात्रुहरूलाई अलमलमा पारेको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .