हङकङमा अनलाइन सपिङबाट एकै हप्ता २३० जना ठगिए, २ लाख डलर बढी ठगी

सबैभन्दा बढी ठगी ह्यान्डब्याग, कन्सर्ट टिकट, यात्रा प्याकेज र इलेक्ट्रोनिक्स सामानमा
हङकङमा अनलाइन सपिङबाट एकै हप्ता २३० जना ठगिए, २ लाख डलर बढी ठगी

तस्बिर : शटरस्टक/एससीएमपी


नेपालखबर
भदौ ६, २०८० बुधबार १७:१९, हङकङ

अगस्ट महिनाको एकै हप्तामा २३० जनाभन्दा बढी हङकङवासी अनलाइन सपिङबाट ठगिएका छन्।

बुधबार प्रहरीले खुलासा गरेअनुसार गर्मी बिदमा घुम्न जान चाहनेहरूले होटल बुक गर्दा, ट्राभल प्याकेज खरिद गर्दा उनीहरू ठगिएका हुन्। साथै, कन्सर्ट टिकट, ह्यान्डब्याग, इलेक्ट्रोनिक्स सामानहरू अनलाइन बुक गर्नेहरू पनि ठगिएका छन्।

यस महिनाको एकै हप्तामा २३७ अनलाइन किनमेल ठगीका घटनाहरू रिपोर्ट गरिएको प्रहरीले बताएको छ। २३७ रिपोर्टमध्ये ८२ वटा ट्राभल तथा होटल प्याकेजका छन्।

ठूलो मात्रामा घटनाहरू दर्ता भएसँगै अनलाइन सपिङ गर्दा सचेत रहन प्रहरीले अनुरोध गरेको छ।

प्रहरीका अनुसार एकै हप्तामा भएका ठगीमा मात्र मानिसहरूले २ लाख १० हजार हङकङ डलर गुमाएका छन्। ठगिएकामध्ये सबैभन्दा धेरै ठगिने एक अनलाइन खरिदकर्ताले मात्र ५० हजार हङकङ डलर गुमाएका छन्।

साथै, यस वर्षको सुरुआतदेखि जुनसम्ममा भएका अनलाइन ठगीका घटना पनि अघिल्लो वर्षको तुलनामा बढी छ। यस वर्ष जनवरीदेखि जुनसम्म ४ हजार ८७२ अनलाइन ठगीका घटना प्रहरीमा दर्ता भएका छन्। गतवर्ष सोही अविधमा ३ हजार ९५४ घटना दर्ता भएका थिए।

स्क्यामिटर एप। तस्बिर : एससीएमपी

प्रहरीको अनुसन्धान अनुसार, स्क्यामरहरूले आफूलाई विक्रेताको रूपमा प्रस्तुत गर्दै विदेशी ब्रान्डका सामान रहेको, सीमित अफर भएको जस्ता अस्त्र प्रयोग गर्दै ग्राहकहरूलाई आकर्षित गर्ने गर्दछन्।

ग्राहक आकर्षित भइसकेपछि तोकिएका खातामा रकम स्थानान्तरण गर्न लगाउँछन्। जबकि उनीहरू आमने–सामने व्यापार गर्न चाहिँ चाहँदैनन्। र, रकम प्राप्त भइसकेपछि हराउने गरेका छन्।

यसर्थ, प्रहरीले किनमेल गर्दा सचेत रहन नागरिकहरूलाई अनुरोध गरेको छ। सम्भव भएसम्म आमने–सामने भएर कारोबार गर्न तथा अनलाइन सपिङ गर्नैपरे पनि आधिकारिक च्यानलहरूबाट गर्न प्रहरीले अनुरोध गरेको हो।

यसका साथै प्रहरीले अनलाइन तथा फोनबाट हुने ठगीबाट बच्न साइबर डिफेन्डर वेबसाइट (CyberDefender website) र स्क्यामिटर सर्च इन्जिन (Scameter search engine)  बारे जानकार रहन पनि अनुरोध गरेको छ।

यो एपले वेब ठेगाना, फोन नम्बर, इमेल, प्लेटफर्म युजरनेम र आईपी ठेगानाबारे जानकारी लिन सघाउँदछ। जसको प्रयोग गरेर शंका लागेका गतिविधिबारे निरीक्षण गर्न सकिन्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .