हङकङको शाम सुइ पोमा प्रहरीमाथि नै जाइलागे बटुवा

हङकङको शाम सुइ पोमा प्रहरीमाथि नै जाइलागे बटुवा

तस्बिर : सामाजिक सञ्जाल


नेपालखबर
भदौ ३, २०८० आइतबार १८:१२, हङकङ

हङकङको शाम सुइ पोस्थित सडकमा हिँडिरहेका एक पुरुषलाई नियन्त्रणमा लिने क्रममा दुई जना प्रहरी घाइते भएका छन्।

शनिबार साँझ लाइची कोक सडकमा हिँडिरहेका बटुवामाथि शंका लागेर प्रहरीले उनको परिचय पत्र मागेको थियो।

तर बटुवाले परिचय पत्र दिन अस्वीकार गरेपछि उनलाई नियन्त्रणमा लिन पिपर स्प्रे प्रयोग गर्नुपरेको थियो।

प्रहरी र बटुवाबीच घम्साघम्सी चलेपछि प्रत्यक्षदर्शीहरूले पनि बटुवालाई नियन्त्रणमा लिनका लागि सहयोग गरेका थिए।

यति हुँदा पनि परिस्थिति सम्हाल्न हम्मे परेपछि प्रहरीले थप सहायता मागेको थियो।

ती बटुवा हङकङकै स्थानीय बासिन्दा हुन्। अउ येउङ नामका ४८ वर्षीय ती व्यक्ति जरिवाना नतिरेका कारण प्रहरीको फरार सूचीमा थिए।

उनलाई नियन्त्रणमा लिने क्रममा एक प्रहरीको आँखा र टाउकोमा चोट लागेको थियो।

पक्राउ परेका व्यक्ति अहिले हिरासतमा छन्।

सामाजिक सञ्जालमा राखिएको भिडिओमा प्रहरी र बटुवाबीचको ‘घम्साघम्सी’ निकै रोमाञ्चक देखिन्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .