हङकङ : कार डिभाइडरमा ठोकिँदा चालकको मृत्यु, चार घाइते

हङकङ : कार डिभाइडरमा ठोकिँदा चालकको मृत्यु, चार घाइते

दुर्घटनाग्रस्त कारका चालकलाई रातो कपडामा बेरेर बाहिर निकाल्दै उद्धारकर्मी। तस्बिर : ह्यान्डआउट/एससीएमपी


नेपालखबर
साउन ३१, २०८० बुधबार १२:२३, हङकङ

हङकङको याउ तङमा बुधबार बिहान एक कार सडकको डिभाइडरमा ठोकिँदा चालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

चा क्वो लिङ रोडबाट चुङक्वान ओ–लाम तिन सुरुङतर्फ जाँदै गरेको कार बिहान ६ बजे डिभाइडरमा ठोकिँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ। दुर्घटनापछि सीटमा अड्किएका २१ वर्षीय चालकको उद्धार गर्न अग्निनियन्त्रकहरूलाई झण्डै डेढ घण्टा लागेको थियो।

उद्धारपछि अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए।

दुर्घटनामा २० देखि २६ वर्षका अन्य चार जना घाइते भएका छन्। उनीहरूलाई युनाइटेड क्रिश्चियन अस्पताल र क्वीन एलिजाबेथ अस्पताल पठाइएको थियो।

दुर्घटना भएको सडक एक लेन बाहेक अरू लेन पाँच घण्टाभन्दा बढी बन्द गरिएको थियो। सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको थियो।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .