हङकङको साइ कुङमा केही हप्ताअघिदेखि देखिँदै आएको ह्वेल माछा मृत भेटिएको छ।
दुई साताअघि हङकङको पानीमा देखिएको उक्त ह्वेल बालीन प्रजातिको भएको विश्वास गरिएको थियो।
जुलाई मध्यतिर साइ कुङको पानीमा सात मिटर अग्लो ह्वेल देखिएपछि हेर्ने मानिसहरूको भिड नै लाग्ने गरेको थियो।
शरीरका भित्री अंग बाहिर निस्केको अवस्थामा पानीमाथि तैरिरहेको ह्वेल।
तर, एकाएक ह्वेल पानीमाथि तैरिरहेको देखिएपछि मंगलबार उद्धार गरिएको हो।
ह्वेल मृत भेटिएसँगै सामुद्रिक विज्ञहरूले हङकङका अधिकारीहरूलाई ह्वेलको धेरै नजिक जान मानिसहरूलाई प्रतिबन्ध लगाउन आग्रह गरेका छन्।
साथै, विशेष अनुसन्धानको प्रयोजन बाहेक कुनै प्रकारका जहाज तथा वाटरक्राफ्टहरू ह्वेलबाट कम्तीमा १०० मिटर टाढा रहनुपर्नेमा उनीहरूले जोड दिएका छन्। ताकि उसलाई कुनै अवरोध नहोस् र चोटपटक नलागोस्।
मृत्युको कारण पत्ता लगाउन चिरफार गरिँदै।
उद्धारका क्रममा ह्वेलको पेटमा चोट लागेको पाइएको छ। ह्वेलको भित्री अंग बाहिर निस्केको देख्न सकिन्छ। अधिकारीहरूले मृत्युको कारण पत्ता लगाउन चिरफार गरेका छन्।
Shares
प्रतिक्रिया