सोमबार बिहान ८ बजे ताइ ताम सडक हुँदै उत्तरतर्फ जाँदै गरेको ट्रकले अचानक नियन्त्रण गुमाउँदा ट्याक्सीमा ठोकिन पुगेको छ।
नियन्त्रण गुमाएको ट्रक हङकङको हिङ म्यान स्टेटस्थित म्यान फु हाउस नजिकैको केन्द्र रेखा पार गरी ट्याक्सीसँग ठोकिएको हो।
डिमसम दैनिकका अनुसार ट्याक्सीमा ठोकिन पुगेको ट्रक फनक्कै घुमेर सडकका दुवै लेनलाई अवरोध गरेको थियो।
घटनालगत्तै दुर्घटनास्थल पुगेका उद्धारकर्मीले दुवै सवारी साधनका घाइते चालकहरूलाई अस्पताल पठाएका थिए।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको हङकङ प्रहरीले जानकारी दिएको छ।
33
Shares
प्रतिक्रिया