बेइजिङको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा हङकङका मार्सल आर्ट प्रशिक्षक डेनी कङलाई अदालतले तीन महिनाको जेल सजाय तोकेको छ।
उनको टिप्पणीले देशको सुरक्षास्थिति खलबल्याएको, सरकारविरोधी भावनाको लहर ल्याउन बल पुर्याएको भन्दै वेस्ट काउलुन ल कोर्टले उक्त सजाय सुनाएको हो।
विङ चुन मार्सल आर्ट सेन्टर चलाउने कङले गत वर्षको डिसेम्बर २८ देखि जुन २६ सम्म फेसबुकमा २० वटा विरोधाभास पोस्ट गरेका थिए।
डेनी कङ
‘जबसम्म कम्युनिष्ट पार्टीको उन्मुलन हुँदैन, तबसम्म विश्वमा शान्ति हुँदैन,’ कङले एउटा पोस्टमा लेखेका छन्।
कङले ताइवान ‘कहिल्यै चीनको हिस्सा नभएको तथा स्वतन्त्र राष्ट्र भएको’ भनी दिएको अभिव्यक्तिलाई पनि अदालतले दोषी हुनुको प्रमाणको रूपमा लिएको छ।
प्रहरीले कङलाई २६ जुनमा पक्राउ गरेको थियो।
कुनै व्यक्ति देशद्रोही ठहरिएमा पहिलो पटकका लागि दुई वर्षसम्मको जेल सजाय हुने कानुनी प्रावधान छ।
Shares
प्रतिक्रिया