हङकङमा बुधबार सुपर टाइफुन आउने पूर्वानुमान गरिएको भएता पनि स्थिति त्यस्तो रहेन।
यद्यपि टी१ संकेत भने जारी नै रहने अब्जर्भेटरीले जनाएको छ। किनकि टाइफुन डोक्सुरी बिहीबार दिनभर सहरबाट ५०० किमीकै वरपर रहने अनुमान गरिएको छ।
अब्जर्भेटरीका अनुसार टाइफुन डोक्सुरी दक्षिण चीन सागरको उत्तरपूर्वी भाग पार गर्दै दक्षिणी फुजियानतर्फ सर्दैछ।
यद्यपि सर्वसाधारणलाई तटीय क्षेत्रबाट टाढा रहन र वाटर स्पोर्टस् नगर्न अब्जर्भेटरीले भनेको छ।
हङकङमा बिहीबार पनि गर्मी हुने जनाइएको छ। ३५ डिग्री सेल्सियसको वरिपरि तापक्रम रहने मौसमविद्हरूले बताएका छन्।
बिहीबारपछि सप्ताहन्तमा भने मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ।
171
Shares
प्रतिक्रिया