हङकङको बेरोजगारी दर चालू वर्षको दोस्रो त्रैमासिकमा २.९ प्रतिशतमा झरेको छ। यो कोरोना महामारी सुरु भएयताकै कम हो।
हङकङले गएको फेब्रुअरीमा कोरोना महमारीपछि लगाइएका प्रतिबन्ध पूर्ण रुपमा हटाएको थियो। प्रतिबन्ध हटाएपछि दिगो आर्थिक सुधार देखिन थालेका हुन्। मङ्गलबार जारी गरिएको तथ्यांक विभागका तथ्यांक अनुसार मार्चदेखि मेसम्म रोलिङ कुल ०.१ प्रतिशत बिन्दुले तल झरेको देखाएको छ।
विगत चार वर्षमा बेरोजगारी दर ३ प्रतिशतमुनि झरेको यो प्रथम पटक हो। यससँगै हङकङले पूर्ण रोजगारीमा फर्किन लागेको संगेत गरेको छ।
हङकङ सरकारका कार्यवाहक श्रम तथा कल्याण सचिव हो काईमिङले अर्थतन्त्रमा निरन्तर सुधार आएको र रोजगारी छोटो समयमा अझै राम्रो हुने बताए।
अघिल्लो वर्ष हङकङमा बेरोजगारी दर ८ प्रतिशत थियो।
75
Shares
प्रतिक्रिया