मगर संघ हङकङको एकता : साँच्चै कि अफवाह मात्रै?

मगर संघ हङकङको एकता : साँच्चै कि अफवाह मात्रै?

नेपालखबर
असार ७, २०८० बिहिबार १३:३६, हङकङ

१४ नोभेम्बर २०२१ मा सम्पन्न १०औँ महाधिवेशनपछि मगर संघ दुई खेमामा बाँडियो।

दुई खेमामा बाँडिएको संघबीच वार्ता भएर एकता अधिवेशन तीन महिनाभित्र हुने भनिएपछि अहिले सामाजिक सञ्जाल तरंगित छ।

२०२१ को अधिवेशनपछि हेमराज थापा मगर र हर्क राना मगरको अध्यक्षतामा दुई संस्था अस्तित्वमा छन्।

दुई खेमामा विभाजित संघलाई एकताबद्ध गर्न निता थापा मगरको संयोजकत्वमा समन्वय समिति गठन पनि भएको थियो।

समितिको अग्रसरतामा विभिन्न चरणमा एकता वार्ता भए पनि ठोस निष्कर्षमा पुग्न सकेको थिएन।

समितिले १९ जुन २०२३ मा चुम्लुङ हिममा पत्रकार सम्मेलन गरी एकता विशेष अधिवेशन आयोजक समिति घोषणा गरेको थियो।

उक्त समितिको संयोजकमा राजु पुन तोकिएका छन्। समितिले तीन महिनाभित्र एकता अधिवेशन सम्पन्न गर्ने गरी काम अघि बढाउने बताइएको थियो। 

तर, संस्थापन पक्षका अध्यक्ष हेमराज थापा भने एकता भएको भनी गरिएको प्रचारमा कुनै सत्यता नरहेको बताउँछन्।

'एकता अधिवेशन भनेर जसरी भनिएको छ, यो वास्तविक होइन,' थापा भन्छन्, 'एकता गर्ने चाहना हुँदाहुँदै पनि हङकङेली मगरहरूको हित अनुकूल नभएको यो अधिवेशनमा मेरो  कुनै सहभागिता हुने छैन।'

आफू हङकङ सरकारको सोसियल अर्डिनेन्स अन्तर्गत दर्ता भएकोले अधिवेशन गर्ने अधिकार आफ्नो रहेको थापाको भनाइ छ।

अध्यक्ष थापाको यस भनाइसँगै मगर संघ हङकङको एकतामा फेरि प्रश्नचिन्ह खडा भएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .