हङकङले निर्माण, एयरस्पेस र यातायात उद्योगका लागि २० हजार गैरस्थानीय कामदार भर्ना गर्ने योजना बनाएको छ। जसअन्तर्गत चीनबाट एयरपोर्ट क्लिनर र फ्रन्टलाइन कामका लागि ६ हजार ३०० कामदार ल्याउने तयारी गरिएको छ।
तर लामो यात्रा हुने भएकाले अहिलेसम्म त्यसको चुनौतीबारे मापन नभएको अधिकारीहरू स्वीकार्छन्।
एयरपोर्टमा रिक्त पदका लागि ल्याइने कर्मचारीका लागि वास्तविक चुनौती परीक्षण बाँकी नै रहेको एक अधिकारीले बताएका छन्। अन्य सहरबाट आउने चुनौती र प्रतिस्पर्धाको वास्तविकता परीक्षण गर्ने क्रममै रहेको सरकारका उपवित्तीय सचिव माइकल वोंग वाइलुन बताए।
बुधबार स्थानीय एक रेडियो कार्यक्रममा उनले यस्तो बताएका हुन्।
मंगलबार युनियन नेता र श्रम सल्लाहकार बोर्डबीच निर्माण, यातायात र उड्डयन क्षेत्रका लागि २० हजार बाह्य कर्मचारी ल्याउने कार्यक्रमबारे छलफल भएको थियो।
एयरपोर्टका लागि ल्याइएका कर्मचारी क्वाटरमा बस्नेछन्। उनीहरू अधिकांशले हङकङ-झुहाई-मकाउ उडानमा काम गर्नेछन्।
बाह्य कर्मचारीहरूलाई ग्राहक सेवा एजेन्ट, र्याम्प अपरेसन, मर्मत प्राविधिक, क्लिनरलगायत १० प्रकारका कामका लागि हायर गर्न लागिएको हो।
वित्तीय सचिव वाइलुनले आवश्यक कर्मचारीले लामो यात्राका लागि काम गर्नुपर्ने भएकाले कर्मचारी आकर्षण केही चुनौतीपूर्ण हुनसक्ने बताए।
Shares

प्रतिक्रिया