अनलाइन प्रेममार्फत २६ लाख अमेरिकी डलर ठगी गर्ने १५ जना पक्राउ

अनलाइन प्रेममार्फत २६ लाख अमेरिकी डलर ठगी गर्ने १५ जना पक्राउ

नेपालखबर
जेठ ४, २०८० बिहिबार ७:४८, हङकङ

ठगी धन्दा चलाएको र अनलाइनमार्फत प्रेम सम्बन्ध स्थापित गरी ठगी गरेको आरोपमा हङकङ प्रहरीले तीन जनाको एक परिवारसहित १५ जनालाई पक्राउ गरेको छ।

अनलाइन रोमान्स गरेर पैसा असुली ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

उनीहरुले १५५ पीडितबाट २६ लाख अमेरिकी डलर ठगी गरेको भेटिएको छ। उक्त परिवार गएको साता प्रहरीले सोही आरोपमा पक्राउ परेका १५ जनाभित्रकै सदस्यहरू रहेको बताइएको छ।

२०२३ को जनवरीदेखि मार्चसम्म ३२४ हङकङे अनलाइन लभको माध्यमबाट ठगिएको समाचार आएसँगै उक्त घटना बाहिरिएको हो। पीडितहरू कुल १८ करोड ६० लाख हङकङे डलर ठगीमा परेका छन्। जसमध्ये सबैभन्दा धेरै एउटै व्यक्तिबाट उनीहरूले २ करोड ७४ लाख हङकङे डलरसम्म ठगेका छन्।

तीन जनाको उक्त परिवारले एक निजी स्विमिङ पुलका साथ डुप्लेक्स घरमार्फत त्यस्तो ठगी धन्दा चलाएका थिए।

सन्दीघ्धहरूले सामाजिक सञ्जाल र डेटिङ एपमार्फत विदेशीहरुलाई लक्षित गर्दै ठगी गरेका थिए। प्रहरीका अनुसार पीडितहरूसँग इन्टरनेटमार्फत प्रेम सम्बन्ध बनाइ विभिन्न बहाना बनाएर पैसा असुली गर्ने गरेका थिए। अनलाइन सम्बन्ध स्थापित गरेर ठगेपछि उक्त परिवारले पीडितसँग कहिल्यै नभेटेको प्रहरी ब्युरोका प्रमुख निरीक्षक चेङ चक यानले बताए।

उनीहरूको साथबाट विलासी घडी, तीन ल्यापटप र २३ मोबाइल बरामद गरिएको छ।

तीन जनाको परिवारसहित यस्तो ठगी धन्दामा संलग्न १० पुरुष र ५ महिलासहित प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ।
आरोपितहरू २२ देखि ७० वर्ष उमेर समूहका छन्।


 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .