हङकङले गत दुई वर्षमा निशुल्क पीसीआर परीक्षणमा ८.४ अर्ब हङकङ डलर खर्च गरेको छ। सो क्रममा ४ करोड बढीको निशुल्क पीसीआर परीक्षण गरिएको छ।
हङकङ सरकारले कोभिडसम्बन्धी गरेको यो ठूला खर्चमध्येमा पर्छ।
मंगलबार सरकारले संसदमा पेस गरेको खर्च विवरणअनुसार गत जनवरीसम्म १३ महिनामा सामुदायिक आइसोलेसन सेन्टर सञ्चालनमा १.४ अर्ब डलर खर्च भएको देखाइएको छ।
स्वास्थ्य ब्युरोले सामुदायिक परीक्षण केन्द्रहरुमा निशुल्क परीक्षणका क्रममा २०२१–२२ मा २.६ अर्ब डलर खर्च भएको जनाएको छ।
सो क्रममा १ करोड २५ लाख परीक्षण गरिएको थियो।
त्यसको अर्को आर्थिक वर्षमा परीक्षण संख्या २ करोड ७२ लाख पुगेको थियो। जसका लागि ५.८ अर्ब डलर खर्च भएको थियो।
24
Shares
प्रतिक्रिया