चिनियाँलाई व्यापार गर्न नदिन हङकङमा हजारौंको प्रदर्शन

चिनियाँलाई व्यापार गर्न नदिन हङकङमा हजारौंको प्रदर्शन

नेपालखबर
पुस २०, २०७६ आइतबार ८:४९,

स्युङ सुई पार्कबाट प्रदर्शनकारीले चिनियाँ व्यापारीक क्षेत्रहरुमा प्रदर्शन थालेका हुन्। उनीहरुले चिनियाँ फार्मेसी, कस्मेटिक पसलहरु अगाडि प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीले पसल अगाडि ‘चीन’ फर्क भन्दै नारा लगाएका थिए।

प्रदर्शनकारीहरु मेट्रो पोलिस प्लाजा पुग्दा प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए। भीडलाई नियन्त्रणमा लिन दंगा प्रहरीले आँखा पोल्ने स्प्रेको प्रयोग गरेका थिए।

यसअघि नयाँ वर्षको पूर्वसन्ध्यामा हङकङकी कार्यकारी प्रमुख क्यारी लामले सन् २०२० मा आफूले हङकङको सबै समस्या समाधान गर्ने प्रतिज्ञा गरेकी थिइन्।

त्यसयता सरकारविरुद्धको प्रदर्शन फेरि सुरु भएको छ। आइतबारको प्रदर्शनक सरकार विरोधी प्रदर्शनकै पाटो भएको एससीएमपीले जनाएको छ।

हङकङ सरकारले सुपुर्दगी विधेयकलाई पारित गर्ने प्रयास गरेपछि हङकङबासीले लामो समयदेखि प्रदर्शन गरिरहेका थिए।

आन्दोलन हिंस्रक बन्दै गएपछि हङकङकी कार्यकारी प्रमुख क्यारी लामले विधेयक फिर्ता लिएकी थिइन्।

यद्यपी आन्दोलनकारीको माग क्यारी लामको राजीनामा र हङकङ थप स्वतन्त्र हुनुपर्ने भएपछि प्रदर्शन रोकिन सकेको छैन।

लामाले सर्वसाधारणको विचार सुन्ने, नागरिकसँग छलफल गर्ने कार्यक्रम गर्ने भने पनि मानिसहरुले त्यो विषय मानिरहेका छैनन्। हङकङको आन्दोलन झन्डै ७ महिनायता जारी छ।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .