हङकङस्थित अमेरिकी दूतावास अगाडि भएको दुर्घटनामा ४ घाइते

हङकङस्थित अमेरिकी दूतावास अगाडि भएको दुर्घटनामा ४ घाइते

मगेन्द्र राई
असार ११, २०७६ बुधबार ११:२९,

हङकङको गार्डेन रोडस्थित अमेरिकी दूतावास अगाडि भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन्।

मोबाइल क्रेन्ले नियन्त्रण गुमाउँदा बुधबार दिउँसो ३ बजे भएको उक्त दुर्घटनामा भएको प्रहरीले जनाएको छ।

मिड लेभलको म्यागेजिन ग्याप रोडतर्फबाट नियन्त्रण गुमाएका मोबाइल क्रेनले अमेरिकी कन्सुलेट अगाडिको ट्राफिक लाईटमा रोकिएको ट्याक्सी र निजी भ्यानलाई ठक्कर दिएको थियो। क्रेनले भ्यानलाई र भ्यानले ट्याक्सीलाई ठक्कर दिए पछि ट्याक्सी र भ्यान हुत्तिएर टाढा स्लोपमा पुगेका थिए भने ट्रक हुत्तिएर साइडतर्फ धकेलिएको थियो भने क्रेन पिक ट्राम नजिकैको सेन्ट जोन बिल्डिङको सिँढीमा ठोक्किएर रोकिएको थियो।

दुर्घटनामा बाटोमा हिँड्दै गरेकी एक महिला, ट्याक्सी चालक र एक पुरुष प्यासेन्जर, भ्यानका चालक घाईते भएका छन्। घाईतेहरुहरु उपचारार्थ कुइन मेरी अस्पतालमा लगिएको छ।

अन्यन्त ब्यस्त रहने उक्त स्थानमा तीनवटा सवारी ठोक्किँदा पनि ठुलो दुर्घटना हुन पाएन। सार्बजनिक बिदाको दिन भए धेरै जनधनको क्षति नभएको प्रत्यक्षदर्शीहरु बताउछन्।

घटनाका सम्बनधमा प्रहरील थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .