हङकङस्थित अमेरिकी दूतावास अगाडि सवारी दुर्घटना (भिडियो)

हङकङस्थित अमेरिकी दूतावास अगाडि सवारी दुर्घटना (भिडियो)

नेपालखबर
असार ११, २०७६ बुधबार १०:३२,

हङकङको गार्डेन रोडस्थित अमेरिकी दूतावास अगाडि भयानक सवारी दुर्घटना भएको छ।

बुधबार दिउँसो ३ बजे तीनवटा सवारीसाधन एकले अर्कालाई ठक्कर दिँदा सो दुर्घटना भएको हो।>

hk ac22

अमेरिकी कन्सुलेट अगाडिको ट्राफिक लाइटमा रोकिएको ट्याक्सीलाई ओरालोतर्फ गुडिरहेको सात सिटे निजी भ्यानले पछाडिबाट ठक्कर दिएको थियो भने त्योभन्दा पछाडि द्रूत गतिमा आएको अर्को सामान बोक्ने ठूलो ट्रकले भ्यानलाई पछाडिबाट ठक्कर दिएको थियो। ठक्कर खाए पछि ट्याक्सी हुत्तिएर साईड तर्फ धकेलिएको थियो भने ट्रक रुखको फेदमा ठोक्किएको थियो।

ट्रकको ब्रेक फेल भएको वा चालकको लापरबाहीका कारण सो दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाका सम्बनधमा प्रहरीले अनुसान्धन गरिरहेको छ।

दुर्घटनापश्चात अति व्यस्त उक्त सडकमा सवारी जाम भएको छ।

प्रहरी र उद्दारकर्मीहरु घाईतेहरुको सहायताको लागि जुटेको छन् भने मानवीय र क्षतिको विवरण आउन बाँकी नै छ।

hk ac 11

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .