हङकङमा रुख रोप्न नै नजानिएको विज्ञहरुको भनाइ

हङकङमा रुख रोप्न नै नजानिएको विज्ञहरुको भनाइ

नेपालखबर
असार १०, २०७६ मंगलबार ११:४२,

गतवर्ष म्याङ्कुट आँधीले हङकङका रुखहरु जरासँगै उखेलिएका थिए।

एडुकेसन युनिभर्सिटिका अनुसन्धानकर्ताले हङकङमा रुख रोप्न नै नजानिएको निश्कर्ष निकालेको छ।

विश्वविद्यालयले रुख व्यवस्थापन सम्बन्धी अध्ययन गरेको थियो। उक्त अध्ययनमा हङकङको रुख व्यवस्थापनले रुख रोप्दा अपनाइने उपाय पुरा नगरेको देखिएको छ।

रुखको जरा थोरै स्थानमा मात्र फिजिन दिइएको र माटोको गुणस्तर कम भएका कारण आँधीले रुख जरासँगै उखेलेको बताइएको छ। जरासँगै रुखहरु उखेलिएपछि मानिसहरु आश्चर्यमा परेका थिए।

प्राध्यापक जिम चि–युङ एससीएमपीसँग भन्छन्,‘रुख गलत तवरबाट रोपिँदा यस्तो भएको हो।’

हङकङमा गतवर्ष २ हजारभन्दा बढी रुख भाँच्चिएको तथा जारासँगै उखेलिएका थिए। अध्ययनमा अनुसन्धानकर्ताले ४ हजार फोटो तथा माटो र रुख रोपिएका क्षेत्रमा गएर प्रत्यक्ष अवलोकन गरेका थिए।

जिम भन्छन्,‘ठूलो रुख सानो स्थानमा रोपिनु, त्यसका जरा फिजिन नदिनु यो देख्दा नै मलाई पिर लागेको थियो।’

विकास विभागका अनुसार सन् २०१७ मा आँधीका कारण ६० हजार ८ सय रुखहरु जरासँगै उखेलिएका थिए।

अनुसन्धानकर्ताले रुख रोप्दा अपनाइने पुरा प्रक्रियालाई पछ्याउन सुझाव दिएका छन्।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .