जापानबाट युवती ल्याएर हङकङमा यौनधन्दा

जापानबाट युवती ल्याएर हङकङमा यौनधन्दा

नेपालखबर
कात्तिक ५, २०७९ शनिबार ८:२, हङकङ

हङकङको प्रहरीले अवैधरुपमा यौनधन्दामा संलग्न रहेको आरोपमा एक जापानी युवतीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार हङकङका होटलमा यौनधन्दा सञ्चालन गर्ने गिरोहले जापानी अश्लील भिडिओमा खेल्ने युवतीलाई प्रयोग गरी मानिसहरुलाई यसमा आकर्षित गर्ने गरेको बताएको छ। 

स्रोतका अनुसार गिरोहले कोरोना महामारीको प्रतिबन्ध हटेको फाइदा उठाउँदै यौनधन्दा सञ्चालन गरेको प्रहरीको दाबी छ। प्रतिबन्ध हटेको फाइदा उठाउँदै गिरोहले बाहिरबाट विदेशी यौनकर्मीलाई हङकङ ल्याउने मौका पाएका हुन्।

गत महिना हङकङ सरकारले होटल क्वारेन्टिन हटाउँदै लागू गरेको नयाँ नियमअनुसार बाहिरबाट आउने मानिसले तीन दिन घरमै मेडिकल निगरानीमा बस्नुपर्ने हुन्छ। यो समयमा उनीहरुले स्वतन्त्ररुपमा बाहिर जान र निश्चित क्षेत्रमा प्रवेश गर्न पाउँदैनन्।

यसअघि हङकङमा तीन दिन अनिवार्य क्वारेन्टिन र ४ दिन होम आइसोलेसनको नियम थियो।

गिरोहलाई समात्ने क्रममा प्रहरीले चिम सा चोइस्थित होटलमा गएर प्रमाण संकलन गरी दुई यौनकर्मीलाई समातेको थियो।

उनीहरु पर्यटक भिसामा हङकङ आएका थिए। जसमा अश्लील भिडियो खेल्ने २७ वर्षीया जापानी युवती पनि रहेकी छिन्। अर्की युवती भने थाइल्याण्डकी रहेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।

हङकङको चिम सा चोइबाट प्रहरीले यौन भिडियोमा खेल्ने एक जापानी युवतीलाई पक्राउ गरेको छ (एससीएमपी)

गिरोहले टेलिग्राममा एक पोस्ट गर्दै युवतीको तस्बिर राखेर उनी अश्लील चलचित्र खेल्ने युवती रहेको भन्दै विज्ञापन पनि गरेको थियो। ग्राहकहरुलाई यौन सेवा दिएबापत गिरोहले ६ हजार देखि ७ हजार हङकङ डलरसम्म लिएको प्रहरीको भनाइ छ। 

प्रहरीले अहिले यो गिरोहको अवैध धन्दाको विषयमा अनुसन्धान गरिरहेको छ र यसका प्रमुखलाई पक्राउ गर्ने प्रयास गरिरहेको छ।

हङकङको आप्रवासनको नियमअनुसार फरक प्रयोजनको कार्य गरेकोमा अधिकतम दुई वर्ष र अवैधरुपमा कुनै काममा संलग्न रहे अधिकतम तीन वर्षको जेल सजाय हुने व्यवस्था छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .