प्लास्टिकका झोलामाथिको कर दोब्बर बनाउने हङकङको निर्णय

प्लास्टिकका झोलामाथिको कर दोब्बर बनाउने हङकङको निर्णय

नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार १०:४५, हङकङ

हङकङको सरकारले सन् २०२२ को अन्तिमबाट प्लास्टिकको झोलामाथि लगाउँदै आएको कर दोब्बर पार्ने निर्णय गरेको छ।

यससँगै प्लास्टिकको झोलामाथिको कर एक हङकङ डलर पुग्नेछ। बुधबार हङकङको संसदले प्लास्टिकको झोलामाथिको कर बढाउने प्रस्तावलाई समर्थन गरेको हो। 

बुधबार हङकङको लेजिस्टेटिभ काउन्सिलको बैठकमा प्लास्टिकमाथिको कर बढाउने प्रस्तावमा ८२ मत परेको थियो भने विपक्षमा ७८ मत बनेको थियो।

त्यस्तै बुधबार पारित गरिएको संशोधनअनुसार फ्रोजन र पिरो खानेकुरा, हावा नछिर्ने गरी प्याकिङ नगरिएको खानेकुरालगायतमा दिँदै आएको छूट पनि सन् २०२२ को अन्त्यसँगै सकिनेछ। 

त्यस्तै अब बिक्रेताहरुले पनि एकपटकको कारोबारमा ग्राहकलाई एउटामात्र प्लास्टिकको झोला दिन पाउनेछन्।

पछिल्लो समय प्लास्टिकको फोहोर बढेसँगै हङकङले वातावरण संरक्षणको लागि भन्दै प्लास्टिकमाथिको कर बढाउने निर्णय गरेको हो। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .