हङकङमा अनलाइन खाना डेलिभरीमा काम गर्ने आधाभन्दा धेरै धार्मिक अल्पसंख्यक समुदायका मानिसले विभेदको सामना गर्ने गरेको एक सर्वेक्षणले देखाएको छ।
शुक्रबार लिङनान युनिभर्सिटीले सार्वजनिक गरेको सर्वेक्षणको नतिजाअनुसार विभेदको सामना गर्नेमा धेरैजसो पाकिस्तान र भारतीय मूलका मानिसहरु थिए।
उनीहरुमध्ये एकजनाले आफूलाई ‘फोहोरी’ भन्दै विभेद गरेको र आफ्नै कारणले रोग फैलिएको भन्दै अपमान भएको बताएका थिए।
१०६ जना खाना डेलिभरी गर्ने मानिसहरुसँग अन्तर्वार्ता लिइएको थियो। उनीहरुमध्ये ८९ प्रतिशत धार्मिक अल्पसंख्यक समुदायका मानिस थिए।
सर्वेक्षणमा सहभागीहरुले आफूहरुमाथि नश्लभेदी आक्रमणका घटना पनि भएको बताएका थिए।
प्रोफेसर लिसा लेउङ युक–मिङका अनुसार खाना डेलिभरी गर्ने प्लेटफर्महरु धार्मिक अल्पसंख्यक समुदायका मानिसको लागि मैत्रीपूर्ण देखिएको छैन।
त्यस्तै कामको विषयमा पनि कम्पनीले अल्पसंख्यक मानिसलाई धेरै कुरा जानकारी नदिइने गरेको र उनीहरुलाई आफ्नो कामको सम्झौता पनि थाहा नहुने गरेको प्रतिवेदनमा उल्लेख छ।
करिब ४४.७ प्रतिशतलाई आफूलाई कुन सम्झौताअनुसार काममा राखिएको हो भन्ने थाहा थिएन।
Shares
प्रतिक्रिया