हङकङमा पैसा असुल्दै नक्कली खोप कार्ड बनाउने एक डाक्टर पक्राउ

हङकङमा पैसा असुल्दै नक्कली खोप कार्ड बनाउने एक डाक्टर पक्राउ

नेपालखबर
असोज ५, २०७९ बुधबार ११:२०, काठमाडौँ

हङकङमा पैसा असुल्दै सही मेडिकल परीक्षण विना नै कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड बनाउने गरेको आरोपमा एक डाक्टर पक्राउ परेका हुन्।

तीन अन्डरकभर प्रहरीसँग पनि उनले प्रतिव्यक्ति चार हजार हङकङ डलर लिएर कोभिड–१९ को प्रतिबन्धमा छुट पाउने कार्ड बनाइदिएका थिए। 

साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेअनुसार उनले करिब चार हजार नक्कली प्रमाणपत्र बनाएका थिए।

जसबाट उनले करिब १ करोड ६० लाख हङकङ डलर असुलेको हुन सक्ने अनुमान छ। प्रहरीले पछिल्लो केही महिनादेखि गरेको अपरेसनको क्रममा उनी पक्राउ परेका हुन्। 

प्रहरीले डाक्टरका अन्य तीन सहयोगी महिलालाई पनि पक्राउ गरेको छ र उनीहरुको साथबाट करिब सात लाख ६० हजार हङकङ डलरबराबरको रकम पनि बरामद गरेको छ। साथै ठूलो मात्रामा सम्बन्धित कागजात र कम्प्युटर पनि मंगलबार उनको याउ मा टेईस्थित क्लिनिकमा छापा मार्दा फेला परेको थियो। 

यस्तो अवैध कार्यमा संलग्न भएका मानिसलाई हङकङमा १४ वर्षसम्मको जेद सजाय हुन सक्छ। अहिले उनीहरुमाथि सोधपुछको काम भइरहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार यसअघि नै ती डाक्टरको बारेमा उजुरी परेको थियो। त्यसैले सेप्टेम्बरको सुरुबाट प्रहरीले अपरेसन सुरु गरेर उनलाई रंगेहात फेला पारेको हो। 

कोरोना खोप लगाउन नमान्ने मानिसहरु उनको क्लिनिकमा जान्थे र चारदेखि ५ हजार हङकङ डलरसम्ममा प्रतिबन्धमा छुटको प्रमाणपत्र लिने गरेका थिए। कम्तीमा पछिल्लो तीन महिनादेखि उनले यस्तो काम गरिरहेका थिए। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .