हङकङमा ६ महिनामा १४ प्रतिशतले घट्यो लखपतिको संख्या

हङकङमा ६ महिनामा १४ प्रतिशतले घट्यो लखपतिको संख्या

नेपालखबर
भदौ २९, २०७९ बुधबार ९:५२, काठमाडौँ

यस वर्षको सुरुवाती ६ महिनामा हङकङमा मिलिनियर (१० लाख अमेरिकी डलरभन्दा धेरै सम्पत्ति हुने)को संख्या १४ प्रतिशतले घटेको छ।

यससँगै हङकङ विश्वको सबैभन्दा धेरै धनी मानिस बस्ने सहरको शीर्ष १० को सूचीबाट पनि बाहिरिएको छ। लण्डनस्थित माइग्रेसन कन्सल्टेन्सी हेल्नी एण्ड पार्टनर्सको अध्ययनअनुसार हङकङ सबैभन्दा धेरै धनी मानिस बस्ने सहरको सूचीको १२ औं स्थानमा खस्किएको छ।

अघिल्लो वर्षको तुलनामा हङकङ चार स्थान तल खस्किएको हो। हङकङमा १० लाख डलर वा सोभन्दा धेरै सम्पत्ति हुने मानिसको संख्या वर्षको ६ महिनामा १४ प्रतिशतले घटेको हो। 

यो सूचीमा हङकङको लागि सबैभन्दा ठूलो गिरावट हो। हङकङमा मिलिनियरको संख्या १ लाख २५ हजार एक सय छ। एसियाली वित्तीय हबमा हङकङको प्रतिस्पर्धी सिंगापुर भने सूचीको पाँचौं स्थानमा छ। यस वर्षको सुरुयता सिंगापुरमा मिलिनियरको संख्या १ प्रतिशतले बढेको छ। यससँगै सिंगापुरमा मिलिनियरको संख्या २ लाख ४९ हजार ८ सय पुगेको छ। 

यो सूचीको शीर्षस्थानमा न्युयोर्क छ। दोस्रो स्थानमा जापानको टोकियो परेको छ। लण्डन सूचीको चौथो स्थानमा छ। चिनियाँ सहरहरु बेइजिङ र संघाई नवौं र दशौं स्थानमा परेका छन्। 

कोभिड–१९ को महामारीपछि हङकङको अन्तर्राष्ट्रिय सीमाका साथै व्यापार पनि राम्रोसँग सुचारु हुन नसकेको कारण पनि व्यवसायीहरुले त्यसको मार खेप्दै आएका छन्।

अहिले सार्वजनिक भएको मिलिनियरहरुको संख्यामा पनि त्यसको असर देखिएको हुन सक्ने जानकारहरुको भनाइ छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .