हङकङमा पुराना १४ हाउजिङ पुनर्विकास गर्ने हो भने थप ३६ हजार फ्ल्याट बनाउन सकिने फेडरेसन अफ पब्लिक हाउजिङ स्टेटले जनाएको छ। यो समूहले हङकङमा घरको अभाव पुरा गर्न पुराना हाउजिङहरुको पुनर्निर्माण गर्नुपर्ने योजना अघि सारेको हो।
सो फेडरेसनले ४० देखि ७० वर्ष पुरना हाउजिङलाई पुननिर्माण गर्नुपर्ने बताएको छ। जसमध्ये केहीमा पानी चुहुने, कंक्रिट उप्किनेजस्ता समस्या छन्।
‘हामी सहरका बासिन्दा बाँच्ने वातावरण सुधार्न चाहन्छौँ। सँगसँगै अभाव कम गर्न फ्ल्याटको संख्या पनि बढाउन चाहन्छौँ,’ फेडरेसनका कार्यकारी निर्देशक एन्टोनी चिउले मंगलबार भने।
हङकङको हाउजिङ प्राधिकरणले १० वटा पुनर्विकास परियोजनालाई अघि बढाउँदैछ। जसमध्ये पाँच सार्वजनिक हाउजिङ छन् भने चार वटा कारखानाको जमिन। समग्रमाले यसबाट ३२ हजार फ्ल्याट बन्नेछन्।
प्राधिकरणले ४० वर्षभन्दा पुराना ७१ वटा हाउजिङ पुनर्विकासको सम्भाव्यता अध्ययन गरिरहेको छ।
प्राधिकरणपछिको दोस्रो ठूलो हाउजिङ निर्माता द हाउजिङ सोसाइटीले १० हजार फ्ल्याट निस्किनेगरी पुनर्विकासको योजना अघि सारेको छ। एससीएमपी
Shares

प्रतिक्रिया