हङकङमा बाहिरबाट आउने मानिसलाई होटल क्वारेन्टिन ३ दिनमा झारिएको छ।
सोमबार हङकङ प्रमुख जोन ली का चिउले होटल क्वारेन्टिन ३ दिनमा झारिएको घोषणा गरेका हुन्। बाँकी ४ दिन भने मेडिकल निरीक्षणसहितको होम आइसोलेसनमा बस्नुपर्ने हुन्छ।
शुक्रबारबाट कार्यान्वयनमा आउने नयाँ नियमअनुसार होम आइलेसनमा बसेको बेला सीमित गतिविधिको लागि मात्र अनुमति दिइएको छ।
जसअनुसार कोरोना खोपको पास अनिवार्य नभएका स्थानमा मात्र उनीहरुले भ्रमण गर्न पाउनेछन्।
गत साता नै क्वारेन्टिन घटाउने घोषणा गर्ने तयारी गरिएको भए पनि अन्तिम समयमा रद्द भएको थियो।
अहिलेको नियमअनुसार हङकङमा बाहिरबाट आउने मानिसले एक साता होटल क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ। अब भने होटल क्वारेन्टिनको बसाइ छोट्टिनेछ। तर, होम आइसोलेसनमा बस्दा पनि सीमित गतिविधि मात्र गर्न पाइन्छ।
यसअघि हङकङमा ‘५+२’ को फरम्याटमा पनि क्वारेन्टिनको नियम परिवर्तन हुन सक्ने बताइएको थियो। जसमा ५ दिन क्वारेन्टिन र २ दिन होम आइसोलेसन बस्नुपर्ने हुन्थ्यो।
लामो समयदेखि क्वारेन्टिनको अवधि घटाउनुपर्ने विषयमा छलफल हुँदै आए पनि कुन फरम्याटमा क्वारेन्टिनको नियम घटाउने भन्ने निर्णय भने हुन सकेको थिएन।
प्रतिक्रिया