हङकङमा छिटोमा आगामी साताबाट क्वारेन्टिनको नियम खुकुलो हुने अपेक्षा गरिएको छ।
पछिल्लो समय बाहिरबाट आउने मानिसहरुमध्ये ८० प्रतिशत संक्रमितमा आइसोलेसनको चौथो वा पाँचौं रातमा कोरोना संक्रमण पुष्टि भएको तथ्यांकले पनि यो नियम कार्यान्वयनमा ढिलाइ भएको हो।
बुधबार यस विषयमा हङकङका नेताहरुबीच बैठक पनि भएको थियो। यद्यपि बैठकले कुनै ठोस निर्णय भने गर्न सकेको छैन।
अहिलेसम्म हङकङ प्रमुख जोन ली काचिउले अहिलेसम्म हङकङमा क्वारेन्टिनको नियम घटाएर कुन प्रणालीमा लैजाने भन्ने विषयमा निर्णय भने गरेका छैनन्।
पाँचदिन क्वारेन्टिन र दुईदिन होम आइसोलेसन राख्ने वा चारदिन क्वारेन्टिन र तीन दिन होम आइसोलेसन राख्ने भन्ने विषयमा अझै निर्णय हुन नसकेको हो।
यस विषयमा शुक्रबार अन्तिम निर्णय हुन सक्ने साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। शुक्रबार हुने निर्णयहरु आगामी साताबाट कार्यान्वयनमा आउन सक्छ।
त्यस्तै कोरोना संक्रमणको जोखिम मापनका लागि रङ कोडको प्रणाली पनि सुरु गर्ने तयारी गरिएको छ। लिभ होम सेफ एपमा जोडिने यो प्रणालीको आधारमा कोरोना संक्रमणको जोखिममा रहेका मानिसको पहिचान गर्न सकिन्छ।
Shares
प्रतिक्रिया