इरानको तेल आपूर्ति गरेको भन्दै हङकङका तीन कम्पनी अमेरिकाको कालोसूचीमा

इरानको तेल आपूर्ति गरेको भन्दै हङकङका तीन कम्पनी अमेरिकाको कालोसूचीमा

नेपालखबर
साउन १७, २०७९ मंगलबार ११:२४, हङकङ

अमेरिकाले इरानको तेल पूर्वी एसियामा आपूर्ति गरेको भन्दै हङकङका तीन कम्पनीलाई कालोसूचीमा राखेको छ।

सोमबार अमेरिकाको वाणिज्य मन्त्रालयले यूएईको एक र अन्य केही एसियाली कम्पनीहरुलाई पनि कालोसूचीमा राखेको बताएको हो। यी कम्पनीले लाखौं डलरको इरानी तेल पूर्वी एसियामा आपूर्ति गरेको अमेरिकाको आरोप छ। 

अहिले कालोसूचीमा परेका हङकङका कम्पनीमा फेयरवेल कान्योन हङकङ लिमिटेड, शेकुफेई इन्टरनेशनल कम्पनी लिमिटेड र पीजेडएनएफआर ट्रेडिङ लिमिटेड रहेका छन्। 

यूएईको ब्लु क्याक्टस हेभी इक्वीपमेन्ट एण्ड मेसिनरी स्पेयर पार्टस् ट्रेडिङ पनि कालोसूचीमा परेको छ।

यो कम्पनीले पनि इरानको पेट्रोलियम पदार्थ आपूर्तिको लागि सहयोग गरेको आरोप लगाइएको छ। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ को मेमा इरानसँगको आणविक सम्झौताबाट बाहिरिँदै इरानको तेलमाथि प्रतिबन्धको घोषणा गरेका थिए।

सोही प्रतिबन्धलाई निरन्तरता दिँदै अमेरिकाले इरानको तेल आपूर्तिमा सहयोग गर्ने कम्पनीहरुमाथि प्रतिबन्ध लगाउँदै आएको छ। 

अमेरिकाको वर्तमान प्रशासन भने इरानसँगको आणविक सम्झौता नवीकरण गर्ने पक्षमा छ। जसअनुसार इरानले प्रतिबन्धको राहतस्वरुप अर्बौं डलर प्राप्त गर्नुपर्ने थियो। तर, इरानले भने कहिले पनि यो राहत नपाएको दाबी गरेको छ। 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आणविक सम्झौता पूर्णरुपमा पालना गर्न इरान सहमत नहुँदासम्म उसमाथिको प्रतिबन्ध कायमै रहने बताएका छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .