हङकङमा ब्याजदर बढ्ने निश्चित छ–अर्थमन्त्री

हङकङमा ब्याजदर बढ्ने निश्चित छ–अर्थमन्त्री

नेपालखबर
साउन ११, २०७९ बुधबार ११:३३, हङकङ

हङकङका वित्तमन्त्री पाउल चानले ब्याजदर बढाउनुको विकल्प नभएको बताएका छन्।

उनले अहिलेको अवस्थामा ब्याजदर बढाइए पनि त्यसले सम्पत्ति बजारमा भने कुनै किसिमको असर भने नपार्ने उनको भनाइ छ। 

साउथ चाइना मर्निङ पोस्टसँगको कुराकानीमा उनले हङकङको ब्याजदरको निर्णय अमेरिकी केन्द्रीय बैंकअनुसार हुनु जरुरी नरहेको बाताए।

पछिल्लो समय अमेरिकामा देखिएको महँगी नियन्त्रणका लागि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले बिहीबार ब्याजदर ७५ आधार अंकले बढाउन सक्ने अपेक्षा छ।

यसैबीच हङकङका बैंकले पनि पछिल्लो चार वर्षमा पहिलोपटक ब्याजदर बढाउने तयारी गरेका छन्। 

ब्याजदर बढ्नुले आगामी दिनमा हङकङको घरजग्गाको बजार थप सुस्ताउन सक्ने जानकारहरुको भनाइ छ। ब्याजदर बढ्नाले धितोमा कर्जा लिने मानिसहरु मारमा पर्न सक्ने र घरजग्गाप्रतिको मानिसहरुको आकर्षण पनि घट्न सक्ने उनीहरुको भनाइ छ। 

गत मार्च महिनामा गोल्डम्यान स्याख्सले बढ्दो ब्याजदर र बेरोजगारीको कारण चार वर्षको अवधिमा हङकङमा घरजग्गाको भाउ चार वर्षको अवधिमा २० प्रतिशतभन्दा धेरैले घट्ने अनुमान गरेको थियो।

अर्थमन्त्रीले भने यो अनुमानसँग आफू सहमत नभएको बताएका छन्। घरजग्गाको कारोबारमा अहिलेको अवस्थामा ठूलो गिरावट नआउने उनको भनाइ छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .