हङकङमा फ्रन्टलाइन कर्मचारीले अझै पाएनन् कोरोना राहत

हङकङमा फ्रन्टलाइन कर्मचारीले अझै पाएनन् कोरोना राहत

नेपालखबर
असार १३, २०७९ सोमबार ७:३९, काठमाडौँ

हङकङ सरकारले तीन महिनाअघिकोभिड–१९ को महामारीको समयमा फ्रन्टलाइनमा रहेर काम गर्ने कर्मचारीलाई राहत दिने घोषणा गरेको थियो।

उक्त समयमा खटिएका कर्मचारीहरुलाई सरकारले १० हजार हङकङ डलर दिने घोषणा गरेको थियो। तर, अहिलेसम्म पनि उक्त समयमा खटिएर काम गर्ने कर्मचारीले सरकारले घोषणा गरेअनुसारको रकम भने पाउन सकेका छैनन्। 

साउथ चाइना मर्निङ पोस्टका अनुसार अहिलेसम्म हङकङमा फ्रन्टलाइनमा रहेर काम गरेका कर्मचारीमध्ये १० प्रतिशतभन्दा कमले मात्र उक्त राहत पाएका छन्।

यो राहत पाउन दिनुपर्ने आवेदनको प्रक्रिया पनि निकै झन्झटिलो र जटिल छ। त्यसैले पनि धेरै फ्रन्टलाइन कर्मचारीले समस्या भोग्दै आएका छन्। 

त्यस्तै सरकारले आफ्नो संस्था वा रोजगारदाताको माध्यमबाट यो राहतको लागि आवेदन दिनुपर्ने व्यवस्था गरेकाले पनि सम्बन्धित कम्पनी वा संस्थाले आवेदन सही समयमा सम्बन्धित स्थानमा नपुर्‍याउने गरेको पनि केहीको गुनासो छ।

जसोतसो आवेदन दिएका कर्मचारीले पनि सहजै राहत भने पाएका छैनन्। उनीहरुले दिएको आवेदन पनि लामो समयसम्म रोकिने गरेको छ।

हङकङ सरकारका प्रवक्ताले भने भुक्तानी दिने प्रक्रियाको विषयमा निरन्तर अनुगमन भइरहेको र जतिसक्दो छिटो आवेदन दिने कर्मचारीलाई राहत दिने प्रयास भइरहेको बताएका छन्।  हङकङमा अहिले सरकार फेरिने क्रममा रहेकाले छिटै नै राहत दिने प्रक्रिया तीव्र गतिमा अघि बढ्ने सम्भावना कम रहेको जानकारहरुको भनाइ छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .