‘अन्तर्राष्ट्रिय पर्यटकको लागि पूर्णरुपमा खुला नभए हङकङको दर्जा गुम्न सक्छ’

‘अन्तर्राष्ट्रिय पर्यटकको लागि पूर्णरुपमा खुला नभए हङकङको दर्जा गुम्न सक्छ’

नेपालखबर
जेठ २९, २०७९ आइतबार १३:१४, काठमाडौँ

अन्तर्राष्ट्रिय पर्यटकको लागि हङकङको सीमा पूर्णरुपमा खुला नभए वित्तीय हबको रुपमा रहेको यसको दर्जा गुम्न सक्ने हङकङ प्रमुखले चेतावनी दिएकी छिन्।

आइतबार हङकङमा कोरोना प्रतिबन्धको विषयमा बोल्दै क्यारी लामले यस्तो बताएकी हुन्। 

करोनाको दैनिक विवरण दिने क्रममा लामले अब पनि विभिन्न बहानामा अन्तर्राष्ट्रिय सीमा बन्द राख्दा वित्तीय हबको दर्जा गुम्न सक्ने बताएकी हुन्। शनिबार हङकङमा ८ सयभन्दा धेरै नयाँ कोरोना संक्रमित थपिएका थिए।

यस्तो अवस्थामा विदेशीलाई हङकङ आउनमा थप कडाइ हुन सक्ने सरकारी अधिकारीले बताएका थिए।

यसअघि नै हङकङमा कोरोना नियन्त्रणको लागि प्रतिबन्ध लगाउँदा नै विभिन्न समस्या उत्पन्न भइसकेको भन्दै अब पनि अन्तर्राष्ट्रिय सीमा बन्द राख्ने हो भने हङकङको दर्जा गुम्न सक्ने लामको भनाइ छ। 

हङकङका आगामी प्रमुख जोन लीले आफ्नो कार्यकालमा बेइजिङसँगको सीमा खोल्नु प्राथमिकता भएको बताउँदै आएका छन्। यस्तोमा चीनसँगको सीमा खोल्न अपनाइने रणनीतिले थप समस्या उत्पन्न हुन सक्ने लामले बताएकी हुन्। 

पछिल्लो समय हङकङमा देखिएको कोरोना संक्रमणको सञ्जाल तोड्न नसकिने लामले बताइन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .