‘हङकङमा कोरोना प्रतिबन्ध जुनको अन्तिमयता हट्दैन’

‘हङकङमा कोरोना प्रतिबन्ध जुनको अन्तिमयता हट्दैन’

नेपालखबर
जेठ १७, २०७९ मंगलबार १३:३८, काठमाडौँ

हङकङ प्रमुख क्यारी लामले कोरोना प्रतिबन्ध तेस्रो चरणमा खुकुलो बनाउन अझै केही समय लाग्न सक्ने बताएकी छिन्।

हङकङका दुई बारमा कोरोनाका नयाँ संक्रमित फेला परेसँगै हङकङ प्रमुखको यस्तो भनाइ सार्वजनिक भएको हो। 

लामले मंगलबार पछिल्लो समय संक्रमणको अवस्थालाई हेर्दा कोरोना प्रतिबन्ध जुनको अन्तिमअघि हटाउन सकिने अवस्था नरहेको बताएकी हुन्।

गत मार्च महिनामा हङकङ सरकारले तीन चरणमा कोरोना प्रतिबन्ध हटाउने योजना सार्वजनिक गरेको थियो। जसअनुसार दुई चरणमा प्रतिबन्ध खुकुलो भइसकेको छ। 

हङकङ प्रमुख लामले आगामी महिनामा तेस्रो चरणमा प्रतिबन्ध खुकुलो नभए पनि त्यसको असर आम मानिसमा निकै कम पर्ने बताएकी छिन्।

अहिलेको अवस्थामा हटाउन बाँकी केही नियम मात्र बाँकी रहेकाले यी प्रतिबन्ध नहट्दा पनि खासै असर नपर्ने लामले बताएकी हुन्। 

लामले पछिल्लो एक साताको अवस्था स्थिर रहेको र कोरोना संक्रमणमा उल्लेख्य वृद्धि पनि नभएको बताएकी छिन्।

त्यस्तै संक्रमित भेटिएका मानिसहरुमा पनि भाइरसको लोड पनि कम भेटिएको लामले बताएकी छिन्। त्यस्तै सक्रिय संक्रमितको संख्या पनि निरन्तर घट्दो क्रममा रहेको उल्लेख गरेकी छिन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .