पोलिटेक्निक विश्वविद्यालयबाट प्रदर्शकारी निकाल्न हङकङ प्रहरी तयार

पोलिटेक्निक विश्वविद्यालयबाट प्रदर्शकारी निकाल्न हङकङ प्रहरी तयार

नेपालखबर
मंसिर ११, २०७६ बुधबार १२:२५,

प्रहरीहरु विश्वविद्यालय भित्रै गएर बाँकी रहेका प्रदर्शनकारीहरु निकाल्न तयार भएको एससीएमपीले जनाएको छ।

विश्वविद्यालयको प्रशासनले त्यहाँ भित्र प्रवेश गर्न नदिए प्रहरीहरु अदालतको आदेश अनुसार अगाडि बढ्ने पक्षमा भएको बताइएको छ।

हालै विश्वविद्यालय प्रशासन विश्वविद्यालय भित्र लुकिरहेका प्रदर्शनकारी भेट्न असफल भएपछि प्रहरीहरु प्रदर्शनकारी खोज्न तयार भएका हुन्।

हङ होम क्षेत्रको विश्वविद्यालय गत नोभेम्बर १७ देखि बन्द छ। त्यहाँ दश दिनसम्म हजारौं प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।

गतहप्ता मात्र उक्त प्रदर्शन नियन्त्रणमा आएको थियो। यद्यपी त्यहाँ केही प्रदर्शनकारी अझै लुकेर बसेको जनाइएको छ।

विश्वविद्यालयको ल्याबबाट घातक केमिकलहरु हराएकाले उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीको खाँचो भएको प्रहरी अधिकारीले बताएका छन्।

आन्दोलनकारीले विश्वविद्यालय भित्रैबाट प्रहरीमाथि पेट्रोल बम, ढुंगा, धनुवाण प्रहार गरेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .