क्यारी लामले भनिन्ः आन्दोलनकारीको माग पुरा गर्ने पक्षमा छैन

क्यारी लामले भनिन्ः आन्दोलनकारीको माग पुरा गर्ने पक्षमा छैन

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार ६:४६,

मंगलबार एक पत्रकार सम्मेलनमा बोल्दै हङकङ निर्वाचनमा बेइजिङ समर्थक पार्टीको हारमा चीनले आफूलाई दोषी नठहराएको बताउँदै लामले आन्दोलनकारीको माग पुरा गर्ने पक्षमा नभएको बताइन्।

आइतबार सम्पन्न जिल्ला परिषद् निर्वाचनमा लोकतन्त्र पक्षधरका पार्टीले बेइजिङ समर्थक पार्टीमाथि ठूलो जित हात पारेको थियो।

१८ जिम्मामध्ये लोकतन्त्र पक्षधरले १७ जिल्लामा जितेका थिए। यस चुनावलाई जनमत मानिएको छ।

विश्लेषकहरुका अनुसार हकङका प्रदर्शनकारीले जुन मागहरु राख्दै प्रदर्शन गरिरहेका छन्। उनीहरु ती मागहरु पुरा होस् भन्ने चाहन्छन्।

यसबीचमा क्यारी लामले आफू माग पुरा गर्ने पक्षमा नभएको बताएकी हुन्। यद्यपी उनले सार्वजनिक सम्वाद कार्यक्रमलाई निरन्तरता दिने बताएको एससीएमपीले जनाएको छ।

उनका अनुसार यस कार्यक्रममार्फत् हङकङको समस्या बुझ्न सकिन्छ र समस्या समाधान गर्न सकिन्छ।

हङकङ प्रदर्शन ६ मनितायता जारी रहँदा प्रदर्शनकारीले मुख्य पाँच माग राखेका थिए। अन्य सबै मागहरुमा सरकारले सक्रियता देखाएको छ।

यद्यपी कार्यकारी प्रमुख पदबाट क्यारी लाम हटाउने विषयमा कुनै काम हुन नसकेपछि आन्दोलन रोकिएको छैन।

यसअघि क्यारी लामले आन्दोलनका क्रममा गरेका निर्णयहरुको चीनले प्रशंसा गरेको थियो।

चिनियाँ विदेशमन्त्री वाङ यिले सोमबार मात्र हङकङको निर्वाचनमा जस्तो परिणाम आएपनि हङकङ चीनकै भएको प्रतिक्रिया जनाएका थिए।
उनले हिंसा र विखण्डनको बाटो रोज्नेलाई कारवाही गर्ने चेतावनी दिएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .