हङकङका १८ मध्ये १७ जिल्लामा डेमोक्रेटिक पक्ष विजयी, सरकार रक्षात्मक

हङकङका १८ मध्ये १७ जिल्लामा डेमोक्रेटिक पक्ष विजयी, सरकार रक्षात्मक

नेपालखबर
मंसिर ९, २०७६ सोमबार २:५२,

हङकङमा आइतबार भएको जिल्ला परिषदको चुनावमा प्रो डेमोक्रेशी पक्षले ठूलो मात्रामा जित हासिल गरेको छ। 

सोमबार बिहान ९ बजेसम्मको मत परिणामअनुसार प्रो डेमोक्रेशी पक्ष १८ मध्ये १७ जिल्लामा विजयी भएको छ। ती जिल्लाहरूमा यसअघिका चुनावमा सरकार समर्थक पार्टी विजयी भएका थिए।

सोमबार बिहान सोमबार बिहान १२ बजेसम्मको मत परिणाम अनुसार १८ जिल्ला परिषदका ४५२ सिटमध्ये प्रो डेमोक्रेटले ३४४ सिट, सरकार समर्थकले ५८ सिट र स्वतन्त्रले ४१ सिट जितेका छन्।

प्रो डेमोक्रेशी पक्ष हङकङको विपक्षी राजनीतिक धार हो, जसले ६ महिनादेखि चलेको हङकङको आन्दोलनमा समर्थन र सहभागिता जनाउँदै आएको थियो।

hkelection2

चुनावी परिणामले सरकार रक्षात्मक देखिएको छ भने सरकार विरोधी आन्दोलनकारीले आफ्ना मागहरू जनताले अनुमोदन गरेको रुपमा लिएका छन्।

हङकङको आन्दोलनमा युवाहरूको सहभागिता अत्याधिक थियो, जुन सहभागिता निर्वाचनमा पनि देखिएको छ। पहिलो पटक मतदान गर्ने युवाहरूले सरकारको विपक्षमा लोकतान्त्रिक पक्षलाई मतदान गरेको पाइएको छ।

लोकतान्त्रिक पक्षका अधिकांश नयाँ युवा उम्मेदवार जसमध्ये धेरै ६ महिनादेखि चलेको सरकार विरोधी आन्दोलनमा संलग्न भएका थिए, उनीहरू विजयी भएका छन्।

hkelection3

यो चुनावी नतिजाले हङकङको प्रमुख कार्यकारी निर्वाचित गर्ने चुनाव समितिमा प्रो डेमोक्रेशी धारको बाहुल्यता बढ्ने छ, जसले आगामी प्रमुख कार्यकारीको चुनावमा प्रभाव पार्ने ठानिएको छ।

हङकङको संसद लेजिसलेटिभ काउन्सिलमा अहिले पनि सरकार समर्थककै बहुमत छ।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .