हङकङ जिल्ला परिषद्को निर्वाचनः ऐतिहासिक र हिंसारहित

हङकङ जिल्ला परिषद्को निर्वाचनः ऐतिहासिक र हिंसारहित

नेपालखबर
मंसिर ८, २०७६ आइतबार १५:३७,

निर्वाचन ऐतिहासिक र हिंसारहित रुपमा समापन भएको छ। एससीएमपीका अनुसार निर्वाचनका क्रममा कुनै हिंसात्मक गतिविधि भएन।

शान्तिपूर्ण रुपमा निर्वाचन समापन गर्नका लागि प्रहरीले ठूलो भूमिका खेलेको निर्वाचन अधिकारीहरुले बताएका छन्।

हङकङमा शनिबार देखि नै १८ जिल्लाको ६ सय मतदानस्थलमा प्रहरीहरु तैनाथ थिए। कडा सुरक्षाकाबीच निर्वाचन भएकाले मतदाताहरुको पनि उल्लेख्य उपस्थिति थियो।

यसपटकको निर्वाचनमा ४० लाखभन्दा बढी मानिसले मतदाता नामावलीमा नाम दर्ता गरेका थिए। तीमध्ये ६९ प्रतिशतले मतदान गरेको जनाइएको छ।

मतदाताको यो उपस्थिती ऐतिहासिक भएको जनाइएको छ। अधिकारीहरुका अनुसार सन् २०१५ को जिल्ला परिषद् निर्वाचनमा अहिलेकोभन्दा कम संख्यामा मानिसहरुले मतदाता नामावलीमा नाम दर्ता गरेका थिए। साथै भोट पनि मात्र ४७ प्रतिशतले खसालेका थिए।

A polling station in To Kwa Wan closes following a record turnout at Hong Kong's district council elections. Photo: Sam Tsang

तर यसपटक आन्दोलनकै बीचमा धेरै मानिसहरुले निर्वाचनमा भाग लिनुलाई अविश्वसनीय भनिएको छ।

१८ जिल्लामा भएको निर्वाचनमा ४ सय ५२ सिटका लागि १ हजार ९० उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।

यसपटक आन्दोलनलाई समर्थन गरिरहेका पार्टीले राम्रो नतिजा ल्याउने अनुमान गरिएको छ।

हङकङमा रहेका नेपालीहरु पनि यस चुनावमा सक्रिय थिए। धेरै जसो नेपालीहरु बेइजिङ समर्थक पार्टी डीएबीसँग आवद्ध छन्। उनीहरु डीएबीकै चुनावी लबिङ गरेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .