हङकङका अस्पताल प्रमुख भन्छन्–अब धान्न सकिँदैन, बेइजिङको सहयोग चाहिन्छ

हङकङका अस्पताल प्रमुख भन्छन्–अब धान्न सकिँदैन, बेइजिङको सहयोग चाहिन्छ

नेपालखबर
फागुन १०, २०७८ मंगलबार १४:४, काठमाडौँ

हङकङका अस्पताल प्रमुखले कोभिड–१९ को संक्रमण बढेसँगै अब बिरामीलाई धान्न नसक्ने अवस्थामा पुगेको बताएका छन्।

संक्रमण बढेसँगै अब अस्पतालमा जनशक्तिको अभाव देखिन थालेको हस्पिटल अथोरिटीका अध्यक्ष हेन्री फानले बताए। 

उनले अब हङकङको स्वास्थ्य प्रणालीलाई चुस्त दुरुस्त राख्न बेइजिङको सहयोग आवश्यक रहेको बताएका छन्।

चिनियाँ सरकारी टेलिभिजनसँगको कुराकानीमा उनले बेइजिङबाट सहयोग पाउने अपेक्षा धेरै रहेको बताएका छन्। 

‘मलाई केन्द्र सरकारले हामीलाई मेडिकल टोली सुदृढ पार्दै सहयोग गर्छ भन्ने अपेक्षा छ, किनभने यो नै हामीले पाउन सक्ने ठूलो उपलब्धि हो’, उनले भने।

अहिलेको अवस्थामा नयाँ स्वास्थ्य केन्द्रहरु थप गरिए पनि त्यसलाई सञ्चालन गर्ने जनशक्तिको अभाव हुन सक्ने फानको भनाइ छ। 

उनले बेइजिङले हङकङका लागि डाक्टर र नर्ससहितको टोली पठाउने अपेक्षा गरेका छन्। पछिल्लो एक महिनामा हङकङमा कोरोना संक्रमण धेरै गुणाले बढिसकेको छ।

त्यसको असर अहिले समग्र स्वास्थ्य प्रणालीमा परेको छ। यसअघि नै हङकङका अस्पतालहरु भरिइसकेका छन्। जसको कारण बिरामीहरु  लामो समयसम्म कुर्नुपर्ने अवस्थासमेत देखिएको छ। 

सोमबार हङकङमा कोरोनाका ७ हजार ५३३ नयाँ संक्रमित थपिएका थिए। यससँगै हङकङमा कोरोनाका समग्र संक्रमितको संख्या ६० हजार नाघेको छ।

जसमध्ये अधिकांश संक्रमित पाँचौं लहरमा थपिएका हुन्। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .