ओलम्पिकको उद्घाटन समारोहमा हङकङ प्रमुख सामेल नहुने

ओलम्पिकको उद्घाटन समारोहमा हङकङ प्रमुख सामेल नहुने

नेपालखबर
माघ १८, २०७८ मंगलबार ९:२३, काठमाडौँ

हङकङ प्रमुख क्यारी लाम बेइजिङमा हुन गइरहेको शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा सामेल नहुने भएकी छिन्।

पछिल्लो समय हङकङमा कोरोनाका स्रोत नखुलेका संक्रमित बढेसँगै महामारीको नियमनको लागि उनी हङकङमै बस्ने साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। 

सोमबार हङकङमा कोभिड–१९ का ९२ नयाँ संक्रमित थपिएका छन्। जसमध्ये ८० जना स्थानीय संक्रमित रहेका छन् भने १३ जनाको स्रोत खुलेको छैन।

स्रोत नखुलेका संक्रमितको हिस्सा १४ प्रतिशत छ। यसअघि आइतबार १८ प्रतिशत स्रोत नखुलेका नयाँ संक्रमित फेला परेका थिए। 

हङकङका घरहरूको बनावटको कारण पनि कोरोना संक्रमण तीव्रगतिमा फैलिएको विशेषज्ञहरुले बताएका छन्।

अत्यधिक भिडभाडयुक्त र सानो क्षेत्रफलमा बनाइएका भवनको कारण ठूलो संख्यामा कोरोना संक्रमण फैलिएको विशेषत्रहरुको भनाइ छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .