हङकङ पुग्ने यात्रुको क्वारेन्टिन अवधि १४ दिनमा झारिँदै

हङकङ पुग्ने यात्रुको क्वारेन्टिन अवधि १४ दिनमा झारिँदै

नेपालखबर
माघ १३, २०७८ बिहिबार १९:२९, काठमाडौँ

हङकङ सरकारले आफ्नो देशमा आउने यात्रुका लागि क्वारेन्टिन अवधि २१ दिनबाट १४ दिनमा झार्ने भएको छ। 

साउथ चाइना मर्निङ पोस्टका अनुसार आगामी फेब्रुअरी ५ तारिखदेखि हङकङ आउने यात्रुले १४ दिन मात्र क्वारेन्टिन बसे पुग्ने हङकङका कार्यकारी प्रमुख कार्यकारी क्यारी लामले बिहीबार घोषणा गरेका हुन्। 

हाल कोरोनाको उच्च जोखिम रहेका १४७ देशबाट फर्केका हङकङका बासिन्दालाई तोकिएका होटलमा २१ दिन क्वारेन्टिन बस्नुपर्ने नियम छ। 

अस्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान, फिलिपिन्स, बेलायत र संयुक्त राज्य अमेरिकासहित आठ ठूला देशबाट उडान संक्रमणको पाँचौं लहर सुरु भएदेखि नै प्रतिबन्धित छन्। यो प्रतिबन्ध थप दुई हप्ता फेब्रुअरी १८ सम्म जारी रहने जनाइएको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .