हङकङमा सार्वजनिक हाउजिङमा ठूलो संख्यामा कोरोना संक्रमण फैलिएको पाइएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार क्वाई चुङ स्टेट हाउजिङको दुई फरक फरक ब्लकमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएको हो।
उक्त हाउजिङको याट क्वाइ हाउसमा ३५ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार राति उनीहरुको कोरोना परीक्षण गरिएको थियो। २७ सय मानिसमा गरिएको परीक्षणमा ३५ जना संक्रमित पाइएका हुन्।
त्यस्तै अर्को ब्लक यिङ क्वाई हाउसमा पनि ४० भन्दा धेरै मानिसमा कोरोना संक्रमण देखिएको छ।
यसअघि उक्त ब्लकका दुईजना मानिसमा कोरोना संक्रमण देखिएको थियो। यो ब्लकका मानिसहरुलाई अनिवार्यरुपमा परीक्षणको व्यवस्था गरिएको छ।
अहिले अधिकारीहरु यिङ क्वाइ हाउसलाई पनि लकडाउन गर्ने विषयमा छलफल गर्दै छन्।
यसअघि नै याट क्वाइ हाउसमा लकडाउन गरिएको छ। हङकङमा पछिल्लो समय कोरोना संक्रमण फैलिएसँगै संक्रमण नियन्त्रण चुनौतीपूर्ण बन्न पुगेको छ।
प्रतिक्रिया