‘हङकङमा ओमिक्रोन भेरियन्टसहितको संक्रमण नियन्त्रणमा छ भन्नु हतार हुन्छ’

‘हङकङमा ओमिक्रोन भेरियन्टसहितको संक्रमण नियन्त्रणमा छ भन्नु हतार हुन्छ’

नेपालखबर
माघ १, २०७८ शनिबार १२:२७, काठमाडौँ

शुक्रबार हङकङमा कोभिड–१९ का ९ जना नयाँ संक्रमित फेला परेका छन्। दुई साताभन्दा लामो समयमा पहिलोपटक हङकङमा नयाँ संक्रमितको संख्या एक अंकमा झरेको हो।

यद्यपि अधिकारीहरुले अहिले नै हङकङमा कोरोना संक्रमण नियन्त्रणमा छ भनेर भन्न सकिने अवस्था नरहेको बताएका छन्। 

हङकङको सेन्टर फर हेल्थ प्रोटेक्सन कन्ट्रोलर एडोइन सुइ लोक किनले भने, ‘अहिले नै अवस्था नियन्त्रणमा छ भनेर भन्नु निकै हतार हुन्छ किनकी अहिले पनि प्रत्येक दिन नयाँ संक्रमित भेटिइरहेका छन् र अझै पनि संक्रमण फैलिई नै रहेको छ।’ 

उनले प्रशासनले ६० जना मानिसहरुलाई ४८ घण्टासम्म थप क्वारेन्टिनमा राख्नुपरेको घटनाबारे पनि माफी मागेका छन्।

समयमा नै कोरोना परीक्षण नगरेको कारण हङकङको एक क्वारेन्टिन केन्द्रमा ६० जना मानिसहरुले तोकिएको समयभन्दा दुईदिन बढीसम्म क्वारेन्टिनमा बस्नुपरेको थियो। 

हङकङमा शुक्रबार भेटिएका ९ मध्ये ६ आयातित र ३ स्थानीय संक्रमित थिए। हङकङमा डिसेम्बर २८ यता निरन्तर १० जनाभन्दा धेरै नयाँ संक्रमित देखिँदै आएका थिए। 

यसअघि हङकङका स्वास्थ्य  विशेषज्ञहरूले फेब्रुअरीसम्ममा हङकङमा कोरोनाको नयाँ लहर सकिन सक्ने बताएका थिए।   

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .