हङकङमा क्वारेन्टिन अवधि १४ दिनमा छोट्याउन सिफारिस

हङकङमा क्वारेन्टिन अवधि १४ दिनमा छोट्याउन सिफारिस

नेपालखबर
पुस २६, २०७८ सोमबार १३:२६, काठमाडौँ

पछिल्लो समय हङकङका क्वारेन्टिन केन्द्रमा बढ्दो दबाब कम गर्न अहिले कायम रहेको २१ दिनको क्वारेन्टिनको नियम १४ दिनमा छोट्याउन सरकारका महामारी सल्लाहकारहरूले सिफारिस गरेका छन्।

अहिले बाहिरबाट हङकङ आउने सबै मानिसले २१ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम छ। कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिन थालेसँगै हङकङले २१ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम ल्याएको थियो। 

साउथ चाइना मर्निङ पोष्टका अनुसार सोमबार हङकङका प्राध्यापक युएन क्वोक युङले सोमबार अहिलेको व्यवस्थाअनुसारको २१ दिनको क्वारेन्टिनको नियमको आवश्यकता नरहेको बताएका छन्। ‘कोरोना संक्रमण १४ देखि २१ दिनको बीचमा पुष्टि हुने सम्भावना निकै कम हुन्छ’, सरकारका शीर्ष सल्लाहकारसमेत रहेका उनले भने। 

यसको विकल्पमा १४ दिन सरकारी क्वारेन्टिन केन्द्रमा राखेपछि उनीहरुलाई होम आइसोलेसनमा पठाउन सकिने उनको भनाइ छ। यस विषयमा आगामी दिनमा सरकारले निर्णय गर्ने भए पनि यसले अहिले क्वारेन्टिन केन्द्रमा देखिएको दबाब भने कम हुने उनको भनाइ छ। 

त्यस्तै अर्का एक विशेषज्ञले आगामी दिनमा क्वारेन्टिन केन्द्र पनि बढाउन सकिने विकल्प प्रस्ताव गरेका छन्। यसअघि गत शुक्रबार हङकङका स्वास्थ्य नियामकले अहिले पर्याप्त क्वारेन्टिन केन्द्र रहेको बताएको थियो। 

सरकारका स्वास्थ्य सल्लाहकारहरूले आगामी दिनमा समुदायस्तरमा थप संक्रमित फेला परेको अवस्थामा भौतिक दुरीको नियममा थप कडाइ गर्नु जरुरी रहेको बताएका छन्। त्यस्तै आवश्यक परेको अवस्थामा विद्यालयहरु पनि बन्द गर्नुपर्ने हुन सक्ने उनीहरुको भनाइ छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .