हङकङका मिडियाकर्मीको पक्राउ पूर्णरुपमा कानुनसंगतः चीन

हङकङका मिडियाकर्मीको पक्राउ पूर्णरुपमा कानुनसंगतः चीन

नेपालखबर
पुस १६, २०७८ शुक्रबार ९:५६, काठमाडौँ

चीनले हङकङमा सञ्चारकर्मीहरु पूर्णरुपमा कानुनसंगतरुपमा पक्राउ परेको बताएको छ। बेलायतस्थित चिनियाँ दूतावासले बिहीबार यस्तो जानकारी दिएको हो।

हङकङको स्ट्यान्ड न्युजमा राष्ट्रिय सुरक्षा प्रहरीले छापा मार्दै सञ्चारकर्मीहरूलाई पक्राउ गरेपछि पश्चिमा मुलुकले चीनले आलोचना गरेका थिए।

यसै क्रममा बेलायतस्थित चिनियाँ दूतावासले यस विषयमा स्पष्ट पारेको हो। 

‘हङकङका बासिन्दाको वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रतासहितको अधिकार र हित कानुनमा सुरक्षित गरिएको छ’, दूतावासले उल्लेख गरेको छ।

दूतावासका प्रवक्ताले हङकङको मामिलामा दखल नदिन पनि बेलायतलाई आग्रह गरेका छन्। उनले यो चीनको आन्तरिक मामिला भएको र यसलाई चीनले आन्तरिकरुपमा नै सुल्झाउने बताएका छन्। 

स्ट्यान्ड न्युजका दुई शीर्ष सम्पादकहरूलाई देशद्रोही सामग्री प्रकाशन गरेर वितरणको प्रयास गरेको आरोपमा मुद्दा चलाइएको छ र बिहीबार अदालतले उनीहरुलाई जमानत दिन पनि अस्वीकार गरेको छ।

बुधबार स्ट्यान्ड न्युजमा प्रहरीले छापा मारेर ७ जनालाई पक्राउ गरेको थियो। 

चीनले स्वतन्त्रता पहिलो उद्देश्य रहेको तर कानुन उल्लंघन गर्नेलाई सजाय दिइने उल्लेख गरेको छ।  

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .