हङकङको वर्ल्ड ट्रेड सेन्टरमा बुधबार आगलागी हुँदा सयौं मानिसहरु थुनिएका छन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार ३०० भन्दा धेरै मानिसहरु भवनको माथिल्लो तलामा थुनिएका छन्।
समाचारमा उल्लेख गरिएअनुसार वर्ल्ड ट्रेड सेन्टरको ३८ तले भवनमा आगलागी भएको हो। चारजना मानिसहरु उक्त आगलागीमा घाइते भएका छन्।
स्थानीय समयअनुसार दिउँसो १२ः३७ मा आगलागी सुरु भएको हो। विद्युतीय स्विच रुमबाट आगलागी फैलिएको समाचारमा उल्लेख छ।
अझै आगलागी नियन्त्रणमा नआएको र अहिले उद्धारको प्रयास पनि चलिरहेको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन्। अहिलेसम्म भवनबाट १६० जना मानिसको उद्धार गरिएको छ।
4.1k
Shares
प्रतिक्रिया