हङकङलाई उछिन्दै सिंगापुर बन्यो एसियाकै महँगो सहर

हङकङलाई उछिन्दै सिंगापुर बन्यो एसियाकै महँगो सहर

नेपालखबर
मंसिर १५, २०७८ बुधबार ९:२४, काठमाडौँ

सिंगापुर बसोवासको लागि एसियाकै महँगो सहर बनेको छ। द इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू)ले बुधबार सार्वजनिक गरेको सूचीअनुसार हङकङलाई पछि पार्दै सिंगापुर एसियाकै महँगो सहर बनेको हो।

इजरायलको तेल अभिभ विश्वकै महँगो सहर बनेको छ। पछिल्लो समय इजरायलको मुद्रा बलियो हुनु र तेल अभिभको मुद्रास्फीतिदर पनि उच्च रहेकाले तेल अभिभ सबैभन्दा महँगो सहर बनेको हो। 

ईआईयूको सूचीअनुसार हङकङ बसोवासको लागि सबैभन्दा महँगो सहरको सूचीमा पाँचौं स्थानमा छ। पछिल्लो समय हङकङमा कपडा र व्यक्तिगत स्याहारका सामग्रीको भाउमा कमी आएसँगै हङकङ विश्वकै महँगो सहरको सूचीबाट हटेको हो।

विश्वकै महँगो सहरको सूचीमा दोस्रो स्थानमा सिंगापुर र पेरिस छन्। जर्मनीको ज्युरिच सहर चौथो स्थानमा छ। त्यस्तै न्युयोर्क, जेनेभा, कोपेहेगन, लस एन्जल्स र ओसाका शीर्ष १० मा परेका छन्। 

विश्वका १७३ सहरमा विभिन्न २०० उत्पादनको मूल्यको आधारमा बसोवासको लागि सबैभन्दा महँगो सहर छानिएको हो। यसमा खाना, कपडा, घरेलु उपभोग्य सामग्री, घरभाडा, यातायात र मनोरञ्जनजस्ता शीर्षकमा लाग्ने लागतको आकलन गरिएको थियो। 

विश्वको सबैभन्दा महँगा सहरमा धेरैजसो युरोपेली र विकसित एसियाली मुलुकका सहर परेका छन्। यस वर्ष चिनियाँ सहर मध्यममा देखिएका छन्। चीनको सांघाई सहर १९ औं स्थानमा छ भने सेन्जेन २२ औं स्थानमा छ। बेइजिङ ३६ औं स्थानमा छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .